नेप्सेकाे विवादित सफ्टवेयरले काम गरेन, दाेष सेयर ब्रोकर र क्लियरिङ बैंकलार्इ

२६ कात्तिक ७५, मंगलबार

काठमाडौं ,कात्तिक २६

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले पूर्ण स्वाचालित अनलाईन कारोबार प्रणालीले काम नगर्नुमा सेयर ब्रोकर कम्पनीहरु र क्लियरिङ बैंकहरु दोषी भएको जनाएको छ । नेप्सेले प्रयोगमा ल्याएको सिस्टममा कुनै समस्या नभएको तर सेयर ब्रोकर कम्पनीहरु र क्लियरिङ बैंकले दिने सेवा कमजोर भएकोले लगानीकर्ताले समस्या भोग्नु परेको नेप्सेको दावी रहेको छ ।

पूर्ण स्वाचालिन नेप्से अनलाईन कारोबार प्रणाली सञ्चालनमा आएको तेस्रो दिनसम्ममा पनि केही समस्या रहेको स्वीकार गर्दै नेप्सेले सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–लगानीकर्ताले रियल टाइम कारोबार देख्न नसक्ने, एउटै कम्पनीको सेयर मूल्य एक ब्रोकर र अर्को ब्रोकर कम्पनीमा फरक देखिने, लगानीकर्ताले तत्काल राफसाफ तथा फछ्र्यौट गर्न नसक्ने समस्या रहेको लगानीकर्ताले गुनासो गरेका छन् । ती समस्या क्रमशः हल गरिने छ ।

Advertisement

नेप्सेको कारोबार प्रणाली र नेप्सेको वेवसाइटमा डाटा एक्स्चेञ्जमा समस्या देखिएकोले लगानीकर्ताले रियल टाइम कारोबार हेर्न नपाएको नेप्सेको प्रष्टीकरणमा उल्लेख छ ।

एउटै कम्पनीको सेयर मूल्य एउटा ब्रोकर अफिसमा एउटा र अर्को ब्रोकर अफिसमा अर्को देखिनुको कारण ब्रोकरहरुले प्रयोग गरेको सिस्टममा खराबी भएको नेप्सेको दावी छ । ‘प्रत्येक ब्रोकरले कनेक्सन स्थापित गर्ने क्रममा अवविच्छन्न रुपमा कनेक्सन स्थापित गर्न नसकेको, अर्को ब्रोकर भन्दा फरक समयमा सम्पर्क स्थापित गरेको लगायतका कारणले फरक विवरण देखिएको हुन सक्छ’ नेप्सेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

क्लियरिङ बैंकले रकमको विद्युतीय स्थान्तरणलाई सहज नबनाएकोले लगानीकर्ताले तत्काल राफसाफ तथा फछ्र्यौट गर्न नसकेको नेप्सेको भनाई छ । नेप्सेमा आवद्ध चार बैंक मध्ये एउटासँग मात्र तत्काल राफसाफ तथा फछ्र्यौट गर्न सक्ने सुविधा भएको, अरु तीन वटा बैंकले तत्काल राफसाफ तथा फछ्र्यौटको सेवा दिन नसकेको नेप्सेले जनाएको छ ।

पूर्ण स्वाचालिन नेप्से अनलाईन कारोबार प्रणालीसँग नेप्सेका परिसूचक गणना विधि परिवर्तन भएको हल्लाको पनि नेप्सेले खण्डन गरेको छ । ‘नेप्सेले शुरुदेखि नै संसारभर प्रचलित भ्यालु वेज्टेड इन्डेक्स विधि अनुसार परिसूचक गणना गर्दै आएको र त्यसमा कुनै परिवर्तन नभएको नेप्सेको भनाई छ ।

तिहारअघिबाट लागू गरिएको सेयर अनलाईन अनलाइन ट्रेडिङ सिस्टमले राम्रो काम नगरेपछि यसले सेयर बजारमा ठूलो चर्चा पाएको छ । नेप्सेले प्रयोगमा ल्याएको नयाँ प्रविधि भित्र्याउने क्रममा नै विवादमा तानिएको थियो । सस्तो प्रविधिलाई महँगो मूल्य तिरेको, खरिद प्रक्रिया अपारदर्शी रहेको, पुरानो प्रविधि भित्र्याएको भन्दै यसको शुरु देखिनै आलोचना भएको थियो । यसै विषयलाई लिएर नेप्से र पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डबीच लामो विवाद समत भएको थियो ।(विकास न्युजबाट)

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top