जे प्रतिबद्धता गरेर चुनावमा मत ल्याएको हो ती प्रतिबद्धता पुरा हुँदैछन् : उपनेता नेम्वाङ

२६ कात्तिक ७५, सोमबार
Share this
785shares

इलाम,कात्तिक २६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपनेता सुवास नेम्वाङले आफुहरुले जे प्रतिबद्धता गरेर चुनावमा मत ल्याएको हो ती प्रतिबद्धतासमेत बिस्तारै पूरा हुँदै गएको बताएका छन् ।

Advertisement

उनले मुलुक सङ्घीयतामा गएपछि नयाँ ढङ्गले काम गर्नु पर्दा सरकारको काममा केही ढिलासुस्ती भएको बताएका छन् ।

आज इलाममा आयोजित पार्टी जिल्ला कमिटीले आयोजना गरेको चियापान समारोहमा बोल्दै नेम्वाङले भने, ‘पुराना सरकारले भताभुङ्ग बनाएका कामलाई सम्हाल्दैमा बित्दैछ ।’

Advertisement

मुलुक सङ्घीयतामा गएसँगै इलाम जिल्लामा रहेका सरकारी कार्यालय अन्य जिल्लामा लैजान नदिन रोक लगाउन आग्रह गरिएको उनको भनाइ थियो ।

नेम्वाङले भने ‘हामीसित समन्वय गरेर नै कार्यालयहरु सर्दै रहेका हुन् तर जिल्लालाई अपायक पर्ने गरी सरकारी कार्यालयहरु जिल्लाबाहिर जान्छन् भने हामी त्यसका लागि कडा भएर उत्रन्छौं’।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top