काठमाडौँ, कात्तिक २७
नेपाली हाँस्यव्यङ्य क्षेत्रका बरिष्ठ कथा चर्चित कलाकार हरिवंश आचार्यले आज आफ्नो ६१ औँ जन्मदिन मनाएका छन् । उनले मङ्गलवार आफ्नो ६१ औँ जन्मदिनको केक काटेर सेलिब्रेसन गरेका थिए ।
केक काट्ने कार्यक्रममा चर्चित हास्यकलाकारहरुको उपस्थिति रहेको थियो । आफ्नो जन्मदिनको कार्यक्रममा बोल्ने क्रममा आचार्यले आफ्नो दिवङ्गत श्रीमती मिरा आचार्यलाई सझिएका थिए ।
चर्चित हास्यकलाकारहरु सिताराम कट््टेल ‘धुर्मुस’, दीपकराज गिरी, जितु नेपाल, किरण केसी, कुञ्जना घिमिरे,निर्मल शर्मा लगायतले शुभकामना दिएका थिए । हरिवंशको जन्मदिन पारेर नयाँ चलचित्र ‘दाल भात तरकारी’को पनि शुभमुर्हत गरिएको थियो ।