बैंकहरुले बोलाए सहुलियत कर्जा लिन, प्रमाणपत्र बोकेर बैंक जानुस्

काठमाडौं,कात्तिक २९

Advertisement

बैंकहरुले सहुलियत कर्जा लिन बोलाएका छन् । बिहिबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र नेपाल वित्तिय संस्था संघले संयुक्त रुपमा सुलियत कर्जा लिन आव्हान गरेका हुन् ।

सरकारले अघि सारेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाका छाता संगठनहरुले ऋण लिन आव्हान गरेका हुन् ।

Advertisement

सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यबिधीलाई मन्त्रिपरिषद बैठकले भदौ २१ गते स्वीकृत गरेको थियो भने अर्थमन्त्रालयले असोज ६ गते सार्वजनिक गरेको थियो ।

नेपाल राष्ट्र बैंकले गत परिपत्र जारी गरेर सहुलियत पूर्ण कर्जा लिन बैंक तथा वित्तिय संस्थाहरुमा जानका लागि सर्वसाधारणलाई आव्हान गरेको थियो । प्रक्रिया पुर्याएर ऋण लिन जाँदा पनि नदिएमा उजुरी गर्न पनि केन्द्रिय बैंकले सर्वसाधारणलाई आग्रह गरेको थियो ।

Advertisement

अब शैक्षिक योग्यताको प्रमाणप धितो राखेर पाइने शिक्षित युवा स्वरोजगार कर्जा, व्यवसायीक कृषि तथा पशुपन्छि कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राबिधिक तथा व्यवसायीक शिक्षा कर्जा र भूकम्प पिडितहरुको निजी आवास निर्माण कर्जा सहुलियत ब्याजदरमा पाइनेछ ।

यस्तो छ प्रमणपत्र धितोमा राखेर ऋण पाउने प्रक्रिया
स्नातक तहसम्म उतिर्ण गरेकाहरुले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा ७ लाखसम्म् ऋण पाउनेछन् ।

शैक्षिक प्रमणपत्र धितोमा राखे ऋण पाउन ४० बर्ष उमेर ननाघेको हुनुपर्नेछ । शैक्षिक प्रमाणपत्रको सक्कली प्रति र घरेलु तथा साना उद्योग विभाग, समिति, शिप विकास तालिम केन्द्र, प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद लगायतका सरकारी निकायबाट कम्तिमा ७ दिनको शिप विकास तालिम अनिवार्य लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा तालिम लिएको प्रमाण पेश गर्नु पर्छ ।

आवेदन दिएको २१ दिनभित्र ऋण दिने वा नदिने भन्ने निर्णय गरिसक्नुपर्नेछ । त्यससँगै कम्पनी दर्ता गरेर स्थायी लेखा नम्बर(प्यान)मा दर्ता हुनुपर्नेछ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top