जथाभावी सूचना नदिन प्रधानमन्त्रीको कडा निर्देशनः सरकारले सूचना गोप्य राख्न चाहेकै हो त ?

२९ कात्तिक ७५, शुक्रबार

काठमाण्डौं, कात्तिक ३०
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरुलाई गोप्य राख्न खोजिएको थियो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समयक्रममा तपाईंहरुले थाहा पाइहाल्नुहुन्छ’ भन्दै निर्णय सुनाउन अस्वीकार गरेका थिए । तर केहीबेरमै प्रमुख निर्णयहरु छरपस्ट भइहाले। अन्य मन्त्रीहरुले सञ्चारकर्मीहरुलाई निर्णयहरु बताइदिएका थिए।

सरकारले गोप्य राख्नचाहे पनि मन्त्रीहरुबाटै चुहिएपछि प्रधानमन्त्री केपीशर्मा ओलीले जथाभावी सूचनानदिनमन्त्रीहरुलाई कडा निर्देशन दिएका छन्।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा यसअघि जस्तो पत्रकार सम्मेलनअघि नै सञ्चारमाध्यमलाई जानकारी नगराउन भनेका हुन्। उनले मन्त्रिपरिषद् बैठकमा ओलीले नयाँ व्यवस्थाबाट निर्णय सार्वजनिक गर्न लागिएको जानकारी समेत गराए।

Advertisement

यसैबीच, बिहीबार पत्रकार सम्मेलन गरी मन्त्रीबाँस्कोटाले आइतबारको निर्णयबारे जानकारी गराएका छन्। उनले पत्रकार सम्मेलनमा भने– ‘प्रधानमन्त्रीले एकद्वार नीतिबाट सार्वजनिक गर्न निर्देशन दिनुभएको छ। बिहीबारका निर्णय बाहिर ल्याउनसक्नु भए तपाईंहरुको खुबी हो।’

मन्त्रिपरिषदका बैठकका निर्णय परिपक्वहुन २४ घण्टा लाग्ने भएकाले तत्काल सार्वजनिक नगरिएको सरकारका प्रवक्ता गोकुलबाँस्कोटाले जानकारी गराए ।उनले यस अवधिमाभइसकेका निर्णयलाई फिर्ता गर्न पनि सकिने हुँदा निर्णयलाई परिपक्व बनाई सार्वजनिक गर्न लागिएको बताए। सरकारको सूचना लुकाउने मनशाय नभएको प्रष्टिकरण दिए।

Advertisement

आइतबार गरिएको २२ निर्णय सरकारले चार दिनपछि मात्रै सार्वजनिक गरेको छ। मन्त्रिपरिषद् बैठकको कुनै टुंगो नहुने जनाउँदै उनले भने, ‘निर्णय भएकासँगै नभएका निर्णय पनि सञ्चार माध्यममा आएकाले व्यवस्थित बनाउन लागिएको हो।’

सातै प्रदेशका सरकार प्रमुखहरु हटाउने बारे सञ्चार माध्यमले हुँदै नभएको समाचार प्रकाशित गरेको भन्दै उनले त्यस्ता गतल समाचार रोक्न प्रत्येक बिहीबार पत्रकार सम्मेलन गरिने जनाए। प्रदेश सरकार प्रमुख हटाउने जानकारी तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले सञ्चार माध्यमलाई जनाएका थिए।

नयाँ विधिमार्फत जानकारी गराउन लागिएको पत्रकार सम्मेलनमा सबै मन्त्रालयका प्रवक्ताहरुलाई पनि डाकिएको थियो। मन्त्रालयगत जिज्ञासा राख्नपाउने गरी नयाँ व्यवस्थालागू गरिएको छ।

आइतबार भएको मन्त्रिपरिषदको निर्णयहरुमा इजरालयका राजदूतलाई फिर्ता बोलाउने निर्णय बाहिर आएको थिएन। निरञ्जन थापालाई फिर्ता बोलाएर उक्त स्थानमा प्रधानमन्त्रीकी आफन्त अन्जान शाक्यलाई नियुक्त गरिएको छ।

नियुक्तिका निर्णय तत्काल जानकारी नगराइएपनि सञ्चार माध्यममाआइसकेको प्रति सञ्चारकर्मीको प्रश्नमा प्रवक्ताले भने ‘एक जनाको त आएको थिएननि!’

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top