‘गङनम स्टाइल’ का गायक ‘साई’ नेपाल आउने ,काठमाडौँमा भव्य कन्सर्ट गर्दै

‘गङनम स्टाइल’ का गायक  ‘साई’ नेपाल आउने ,काठमाडौँमा भव्य कन्सर्ट गर्दै

काठमाडौँ, कात्तिक ३०
विश्व चर्चित तथा रेकर्ड ब्रेकर गीत ‘गङनम स्टाइल’ का गायक पार्क जेई साङ ‘साई’ नेपाल आउने भएका छन् ।

डिसेम्बर १५ तारिखमा खुमलटार, सातदोबाटोमा रहेको रेडियो नेपालको ग्राउण्डमा हुने ‘साई विथ के पप लाइभ इन नेपाल’ कन्सर्टमा उनी सहभागी हुने भएका हुन् ।

नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदूतावासले आयोजना गर्न लागेको कार्यक्रममा उनलाई सहभागी गराईनेभएको हो ।

५ घण्टासम्म चल्ने कन्सर्टमा नेपालको तर्फबाट दीपक बज्राचार्यसँगै गायिका मिलन अमात्य, हास्यकलाकार राजा राजेन्द्र पोखरेल, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी लगायतले प्रस्तुति दिनेछन् ।

कन्सर्टमा गायक बज्राचार्यले नेपाली भेषभुषा र नेपाली मौलिक बाजाहरुलाई समेटेर आफ्नो ब्याण्डसहितको प्रस्तुति दिनेछन् । त्यस्तै कोरियाका बिएपी, एसएफ नाइन, एओए, मोमोल्यान्ड, बेरी गुड, बड्किज लगायत चर्चित ब्याण्डले आफ्नो प्रस्तुति राख्नेछन् ।

‘साई’ दक्षिण कोरियाका गायक, ¥यापर र रचनाकार हुन् । उनी कोरियामा कमेडी स्टेज प्रस्तुति र भिडियोमार्फत चर्चित छन् । उनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गीत भने गङनम स्टाइल नै हो । गङनम स्टाइलको भ्युजसँगै उनी पनि संसारभर चिनिएका हुन् ।

१५ जुलाई २०१२ मा सार्वजनिक भएको गङनम स्टाइल गीतको भिडियो २१ डिसेम्बर २०१२ सम्म यूट्युबको इतिहासमै पहिलोपटक एक अर्ब भ्युज पाउने गीत बनेको थियो । अहिलेसम्म यो गीतलाई ३ अर्ब भन्दा बढी पटक हेरिसकिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.