×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

प्रदेश १ का एक महिनामै चिया कफी विकास बोर्ड गठन गरिने

२ मंसिर २०७५

विराटनगर,मंसिर २

एक नं प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङम्बोले प्रदेश सरकारले समग्र प्रदेशको अर्थतन्त्रलाई बिकास गर्ने कुरालाई महत्वपूर्ण भूमिका निर्वाहा गर्न सक्ने चिया र कपीको विकास र बिस्तारका लागि एक महिना भित्रै चिया कफी विकास बोर्ड गठन गरिने जानकारी दिएका छन्।

Advertisement
Advertisement

उनले चियाको विकास र बिस्तारको लागि आवश्यक पर्ने बोर्ड संघीय सरकारले हस्तान्तरण नगरेका कारण बोर्ड गठनमा ढिलाई भईरहेको बताए । सहकारीका चियासंग सम्बन्धित सबाल,चुनौतीहरु तथा आगामी बाटो बिषयक आइतबार विराटनगरमा भएको प्रदेश स्तरीय छलफलमा मन्त्री आङम्बोले भने‘प्रदेश सरकार मंसिर महिना भरी संघीय सरकारले चिया निकाय हस्तान्तरण नगरेको खण्डमा प्रदेश सरकारले कपी बिकास बोर्ड गठन गर्छ’।

उनले मुलत कृषिसंग बिषय बस्तु प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेकाले बोर्ड गठनमा समस्या नहरेको स्प्रष्ट पारे । उनले बैकहरुले चिया किसान,एव उद्योगीहरुलाई सहुलियतमा ऋण प्रवाह नगर्ने अबस्थाको अन्त्यका लागिपनि प्रदेश सरकारले प्रदेश डेभलोपमेन्ट बैकको स्थापना गर्ने सोच राखेको जानकारी दिए ।

उनले बैक स्थापनाका लागि संघीय सरकार र राष्ट्र बैकसंग आवश्यक छलफल भईरहेको पनि जानकारी दिए । मन्त्री आङम्बोले अहिलेको व्यापार घाटाको स्थित कमगर्न निर्यातको प्रवद्धन गर्ने पक्ष रहेकाले निर्यातको महत्वपूर्ण हिंसा ओगटेको एक नं प्रदेश कृषि उपजहरलाई प्रवद्धन र बिकास गर्न प्रदेश सरकारले बजेटमा समावेश गरेको उनले जानकारी दिए ।

उनले प्रदेश नं १ का मुख्य निर्यातजन्य बस्तुहरु चिया,कफी,अमिसो,अदुवा अल्लो लगायतका बस्तुको बिकास र प्रवद्धनको लागि छुटै संरचना निर्माण एक नं प्रदेशले मुलुकको अर्थतन्त्र र अहिलेको व्यापार घाटा कम गर्न योगदान गर्ने पक्षबाट सरकार लागि परेको दाबी गरे । कार्यक्रममा सरोकारवालाहरुले चिया उत्पादनको मूख्य क्षेत्र मानिने प्रदेश नं १ लाई चिया जोन क्षेत्र घोषणा गर्न माग गरिएको छ ।

चिया उत्पादनको बिकास र विस्तारका लागि आवश्य कानुन र नीति निर्माण गरी कुल उत्पादनको ९९ प्रतिशत चिया उत्पादन हुने प्रदेश नं एक लाई चिया जोन क्षेत्र घोषणा गर्न केन्द्र सरकारसंग माग गरिएको हो । केन्दीय चिया सहकारी संघ लिमिटेडको आयोजनामा भएको छलफलमा संघका महासचिव रविन राईले चियाको उत्पादनको मुख्य पकेट क्षेत्र प्रदेश नं १ रहेकाले यस प्रदेशलाई चिया जोन क्षेत्रको रुपमा घोषण गरिनु पर्नेमा जोड दिए ।

उनले कुल उत्पादनको ९९ प्रतिशत चिया प्रदेश नं एक मा उत्पादन हुदै आएको तथ्याङ समेत प्रस्तुत गरे ।संघीय सरकारको चियाको प्रर्बद्धन र बजारीकरणका लागि नीति तथा कानूनको स्पष्ट व्यवस्थ नहुँदा चिया किसान, उद्योगी र मजदुर अप्ठ्यारोमा परेको उनले बताए । उनले सरकारले ल्याएको राष्ट्रिय चिया नीतिलाई पुर्ण कार्यान्वय आएकोे अबस्थामा मात्रपनि किसान तथा व्यवसायमुखी काम गर्ने र छोटो समयमै चियालाई अन्र्तराष्ट्रिय मापदण्डमा पुर्याउने सहयोग पुग्ने बताए ।

सरकारले वि.सं.२०५७ सालमा राष्ट्रिय चिया नीति ल्याएको थियो ।कृषि अर्थबिज्ञ,बजार बिकास बिशेषज्ञ डा हरीबाबु तिवारीले नेपालमा उत्पादन भएका चियाले विश्व बजार पाएको अहिलेको अबस्थामा सरकाले यसको बिकास र बिस्तार गर्न सकेको खण्डमा बैदेशिक बजारमा चिया निर्यात गरी चिया निर्यात गरी बिदेशी मुद्रा आर्जन गर्न सक्ने ठुलो सम्भावनालाई सरकारले प्रयोग गर्न सक्नु पर्नेमा जोड दिए ।

नेपाली उत्पादनको चियालाई हाम्रो ब्राण्डमा विश्व बजारमा पठाउन सकेको खण्डमा आर्यात प्रतिस्थापन का सथै व्यापार घाटा कम गर्न मद्दत पुग्ने उनले बताए । डा तिवारीले नेपाली चियाको विश्व बजारमा माग रहेपनि विषादी प्रयोग गर्ने अबस्थामा भने जान नहुने तर्फ सबैको ध्यान जान भने जारुरी रहेको बताए ।

कार्यक्रममा प्रस्तुत गरिएको व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ को प्रतिवेदन अनुसार कार्यक्रमम मुलुक भर उत्पादन गरिने चिया मध्ये ९९ प्रतिशत चिया प्रदेश नं १ मा उत्पादन हुने गरेको छ । नेपालको प्रमुख नगदेवाली मध्ये चिया पनि एक हो ।झापा सबै भन्दा बढी चिया खेती हुने गरेको छ ।

देशभरका ९ हजार २ सय ३६ कृषक तथा व्यवसायीहरूले १२ हजार ६६ दशमलव ५ हेक्टर क्षेत्रफलमा चिया खेती गर्दा १० करोड ८० हजार केजी हरियो पत्ती उत्पादन हुने गरेको छ । हाल नेपालका ११ हजार ४१ वटा बगानहरूमा चिया खेती गरिँदै आएको छ । जसमा झापामा मात्रै १ हजार ६ सय ३१ मा चिया खेती हुने गरेको छ ।

इलाममा ६ हजार ९ सय ९५ र सिन्धुपाल्चोकमा ८ वटा बगानमा चिया खेती हुँदै आएको छ । व्यवसायिक चिया खेती गर्ने कृषक तथा व्यवसायीमध्ये एक हेक्टरभन्दा कम क्षेत्रफलमा ८२ दशमलव ३ प्रतिशत किसानले चिया खेती गर्दै आएका छन् । त्यस्तै एक हेक्टरभन्दा माथि १० हेक्टरसम्म १६ दशमलव ५ प्रतिशत, १० हेक्टरभन्दामाथि २० हेक्टरसम्म ० दशमलव ४ प्रतिशतले र २० हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती गर्ने किसानको संख्या ० दशमलव ८ प्रतिशत रहेको सरकारी तथ्यांक छ ।

तर चिया खेती गर्नेमध्ये ५९ प्रतिशतले परम्परागत खेती गर्दै आएको बताइएको छ । नगदेवालीको रूपमा रहेको चिया खेतीबाट कृषक तथा व्यवसायीले हरियो पत्ती बिक्री गरेर वार्षिक १ अर्ब ७४ करोड २२ लाख १५ हजार ३ सय ६५ रुपैयाँ आम्दानी गर्ने गरेका छन । नेपाली उत्पादनको चिया अहिले विश्वको १८ मुलुकमा निर्यात हुदै आएको छ ।

नेपालको प्रांगारिक चिया अहिले जर्मनी, अमेरिका, क्यानडा, जापान, चीन लगायतका मुलुकमा निकासी हुने गरेको छ । नेपालमा आव २०७२र७३ मा दुई करोड ४२ लाख ७३ हजार ७४४ किलोग्राम चिया उत्पादन भएको थियो । नेपालमा २६ हजार ६८८ मिटर क्षेत्रफलमा चिया खेती हुन्छ भने १७ हजार २४५ किसान चिया खेतीमा आबद्ध छन् ।

नेपालमा विसं १९२० सालमा इलामबाट चिया खेतीको सुरुवात भएको पाइन्छ । तर विसं २०१६ सालमा वुधकरण टी स्टेट स्थापना भएपछि भने नेपालको तराइ क्षेत्रमा पनि चिया खेतीको विस्तार भएको जानकारहरु बताउछन् । हाल झापा सहितपूर्वका विभिन्न जिल्लाहरुमा विभिन्न प्रकारका चियाको खेती हुने गरेको छ ।

देशभरका ७७ जिल्लामध्ये १४ जिल्लामा मात्र व्यावसायिक चिया खेती गरिँदै आएको छ । जसमा झापामा सवैभन्दा बढी चिया उत्पादन हुने जिल्ला हो । मुलुकको अर्थतन्त्रमा महत्वपुर्ण योगदान रहेको चियाको उत्पादन पाँच प्रतिशतले मात्र बृद्धी भएको देखिएको छ ।विगतका बर्षमा १० प्रतिशत उत्पादन रहेकोमा हाल घटेर पाँच प्रतिशत समिति भएको हो ।

Advertisement

बार्षिक २४ हजार ४०९ मेट्रिक टन चिया उत्पादन हुदै आएको नेपालमा वढदो माग र भौगोलिक संभाव्यताका कारण चिया उत्पादन बार्षिक सरदर पाँच प्रतिशतले बढेको देखिएको हो । हाल नेपालमा उत्पादन भएको अर्थोडक्स र पं्रागारिक चिया बार्षिक साढे २ अर्बको सचया निर्यात भएको छ ।जसमा २०७३÷०७४ मा कुल ११ हजार ७७५ टन चिया विदेश निर्यात भएको छ ।तर हालपनि नेपालमा बार्षिक ९ करोड रुपैयाको चिया आयात भएको सरकारी तथ्याङक छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top