जुनियर जेसीजको साताब्यापी कार्यक्रम सम्पन्न(फोटो फिचरसहित)

२ मंसिर ७५, आइतबार

विराटनगर, मंसिर २
विराटनगर जुनियर जेसीजले २३ औँ बार्षिक उत्सवको अवसर पारेर सञ्चालन गरेको साताव्यापी कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

बार्षिक उत्सवको अवसरमा कात्तिक २८ गतेबाट सुरुवात साताव्यापी कार्यक्रम शनिबार एक भव्य समारोह बिच विराटनगरको होटल नमस्कारमा सम्पन्न भएको हो ।

Advertisement

 

जुनियर जेसीजले कार्यक्रमको पहिलो दिन उद्घाटन तथा जेसीज हाजिरीजवाफ, दोस्रो दिन साधारण बेकरी अभिमुखीकरण र लियो र जुनियर जेसीजविच फुटसल तथा चौथो दिन जिल्ला प्रहरी कार्यालय मोरङमा “सामाजिक सुरक्षामा युवाको भूमिका” शिर्षकमा अन्तरक्रिया कार्यक्रम गरेको थियो भने शनिबार कार्यक्रमको समापन गरेको छ ।

Advertisement

 

शनिबार भएको समापन कार्यक्रममा नेपाल जुनियर जेसीजका राष्ट्रिय संयोजक अभिनाश थापालाई लाईफटाईम मेम्बरशीप अवार्डवाट सम्मानित गरिएको तथा जुनियर जेसिजका पूर्व अध्यक्ष रमित श्रेष्ठलाई सम्मान गरिएको विराटनगर जुनियर जेसीजका अध्यक्ष मिलाप जोसुवा कर्णले जानकारी दिए ।

२ सय भन्दा बढी ब्यक्तिहरु सहभागी रहेको सो कार्यक्रममा स्मृति व्यान्डको विशेष प्रस्तुती रहेको थियो भने विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

जुनियर जेसीजका संस्थापक डा. सन्देशदास श्रेष्ठ प्रमुख अतिथी रहेको कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष श्यामसुन्दर पौडेल, राजेन्द्र थपलिया, पूर्वअध्यक्ष हरिवहादुर श्रेष्ठ, एरिया संयोजक बादल दाहाल लगायतको उपस्थिती रहेको थियो।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top