सजाय भुक्तानी नगरे सार्वजनिक सेवा नपाइने

Share this
706shares

काठमाडौं : अदालतको फैसला पालनामा अटेर गरे अब सार्वजनिक सेवाबाट वञ्चित हुनुपर्ने भएको छ ।

Advertisement

 अदालतलाई ढाँटेर, लुकेर बसेमा पानीको धारा, बिजुली, टेलिफोन लाइन काटिन सक्छ, विदेश जान रोकिन सक्छ, जग्गा किनबेचमा बाधा पर्न सक्छ । , यो खबर आजको नागरिक दैनिकमा छ ।

त्यसैगरी वडा, गाउँपालिका, नगरपालिकाबाट लिनुपर्ने कुनै पनि सिफारिस सहितका सबै काम रोकिन सक्छन् । अदालतलाई अटेर गरे राज्यले दिने सेवासुविधा प्रभावित हुनेछन्।

Advertisement

सर्वोच्च अदालतले आइतबारदेखि ‘फैसला कार्यान्वयन वर्ष’ घोषणा गरेको छ । जिल्ला अदालतले कुनै पनि दण्ड, जरिवाना असुल गर्न बाँकी व्यक्तिहरुको नाम सम्बन्धित सेवा प्रदायक निकायमा पठाउनेछ ।

त्योसँगै सार्वजनिक सेवामा रोक लगाउन सक्नेगरी नियम बनेको छ । जिल्ला अदालत नियमावलीमा अदालतले तोकेको दण्ड, जरिवाना बाँकी रहेका व्यक्तिको लगत उतारेर सार्वजनिक सेवामा रोक लगाउन लेखी पठाएमा रोकिने व्यवस्था छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top