×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संकटाको लगातार दोस्रो जित,जावलाखेल पराजित

३ मंसिर २०७५

काठमाडौं, मंसिर ३
जारी पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको पहिलो खेलमा सीएमजी क्लब संकटाले जावलाखेल युवा क्लबलाई २–० ले पराजित गरेको छ । संकटाको जितमा सेड्रिक अबाले २ गोल गरे ।

खेलको १९ औं मिनेटमा पहिलो पहेंलो कार्ड पाएको एक मिनेट नबित्दै एलोन म्याक्सवेलले दोस्रो पहेंलो कार्ड पाएपछि संकटा १० खेलाडीमा सिमित भएको थियो ।एलोनले जावलाखेलका डिफेन्डर अडामा डुम्बियालाई लगातार फल हानेका थिए । दुवै टोलीले पहिलो हाफमा आक्रमक मुभ बनाउन सकेनन् ।

Advertisement
Advertisement

खेलको दोस्रो हाफको सुरुवातमै जावलाखेलले अग्रता लिने मौका पाएको थियो तर त्यसलाई कुलदीपले गोलमा परिणत गर्न सकेनन् । कुलदीप कार्कीको फ्रिकिकमा डुम्बियाको हेडरलाई संकटाका गोलरक्षक राजाबाबु थापाले सुन्दर बचाउ गरे । खेलको ५८ औं मिनेटमा संकटाले अग्रता लियो । सुभाष गुरुङको कटब्याकमा सेड्रिक अबाले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै अग्रता दिलाए ।

Advertisement

अबाले नै ८५ औं मिनेटमा संकटाको अग्रता दोब्बर पारे । लक्ष्मण रुचालले दिएको पासमा अबाले ६ यार्ड बक्सबाट ब्याकहिलमा गोल गरे । लगातार दोस्रो जित दर्ता गरेको संकटा अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top