विराटनगर, मंसिर ४
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र तीन कोइराला बीच एकता हुनु राम्रो कुरा भएकाले यसले पार्टीलाई फाइदा पु¥याउने बताए छन् ।
सभापति देउवाले कांग्रेस प्रजातान्त्रिक विचार वोकेको पार्टी भएकाले पार्टी भित्र चित्त नबुझेको कुरालाई विरोध गर्ने कुरालाई स्वाभाविक रुपमा लिनुपर्ने पनि बताए ।
विराटनगर विमानस्थलमा सोमबार साँझ संचारकर्मीहरुसँग कुराकानी गर्दे उनले आगामी महाधिवेशन तोकिएकै समयमा हुने समेत बताए । देउवाले दुई तिहाइको दम्भमा अहिलेको सरकारले जनताको भावना विपरीत काम गरिरहेको आरोप लगाएका छन् ।
देशमा हत्या, हिंसा बढेको र सरकार जनचाहना अनुसार अगाडि बढन नसकेको आरोप पनि लगाए । सरकारले चौतर्फी आक्रमण गरेर लोकतन्त्रलाई कमजोर वनाउन खोजिरहेको उनले आरोप लगाए ।