प्रदेश सरकारका सवै मन्त्रीले माउन्टेन फ्लाइटको उद्घाटन गर्ने

६ मंसिर ७५, शुक्रबार

विराटनगर,मंसिर ६
लामो पर्खाईपछि अब विराटनगरबाटै माउन्टेन फ्लाइट हुने भएको छ । माउन्टेन फ्लाईटको मंसिर ८ गते शनिबार उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

माउन्टेन फ्लाइटको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जिवन घिमिरे, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियत, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको उपस्थितीमा मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश नम्बर १ को ‘विराट होलिडेज’ले यही शनिबारदेखि हरेक शनिबार माउण्टेन फ्लाइट गराउन लागेको हो । पर्यटन तथा होटल व्यवसायीहरूले यति एयरलाईन्ससँगको सहकार्यमा माउण्टेन फ्लाइट उडाउन लागेको विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

पहिलो चरणमा एक नम्बर प्रदेशका नागरिकलाई लक्षित गरिएको छ । त्यस्तै बोर्डर आसपास भारतको बिहार, बंगाल र सिक्कीमका पर्यटक लक्षित गरि उडान गर्न लागिएको श्रेष्ठले जानकारी दिए ।

प्रति ब्यक्ति ९ हजार ९ सयमा ५५ मिनेटको माउण्टेनको आनन्द लिन सकिने गरी तयारी थालिएको हो । एउटा माउण्टेन फ्लाईटमा १९ जनालाई उडाइने र कन्जनजंघा, मकालु र सगरमाथाको दृश्यावलोकन गर्न सकिनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

सम्बन्धित समाचार

Scroll to Top