वृद्धवृद्धाको उपचारका लागि चिकित्सकद्वारा अक्षयकोष स्थापना

५ पुस ७४, बिहीबार

इलाम, ६ पुस
माईभगवती वृद्धाश्रममा आश्रित वृद्धवृद्धाको औषधोपचारमा सहयोग गर्ने उदेश्यले ट्रस्ट स्थापना गरिएको छ । विगतका दिनमा इलाम बसेर सेवारत चिकित्सकद्वय हिमाल दाहाल र आशा कार्कीले आफ्नो आमा चेतकुमारी दाहालको स्मृतिमा चेतकुमारी दाहाल मेमोरियल ट्रस्टको स्थापना गर्नुभएको हो ।

आशा कार्कीको संयोजकत्वमा ट्रस्ट सञ्चालन समितिसमेत गठन भएको छ । संरक्षक संस्था महिला जागरण संघ इलाममा आयोजित कार्यक्रममा उपस्थित भएर डाक्टरद्वय दाहाल र कार्कीले वृद्धाश्रमका कोषाध्यक्ष कोमलकुमार निरौलालाई ट्रस्टमा कोष जम्मा गर्न रु दुई लाखको चेक हस्तान्तरण गर्नुभयो ।

सो सँगै डाक्टर दम्पतीले यस वर्ष वृद्धवृद्धाका लागि नगद पाँच हजारसमेत निरौलालााई हस्तान्तरण गर्नुभयो । दाताहरुको इच्छाबमोजिम नै सो रकम मुद्दति खातामा राखी प्राप्त ब्याजले आश्रममा आश्रित वृद्धवृद्धाको उपचारका लागि रकम खर्च गरिने निरौलाले बताउनुभयो ।

डाक्टर दम्पतीले ग्रिन भ्याली एकेडेमी स्कुलमा पनि आफ्नो छोरी आर्या दाहालको स्मृतिमा विगत ५ वर्षदेखि यस्तै कोष स्थापना गरी एलकेजीमा प्रथम हुने छात्रछात्रालाई पुरस्कृत गर्दै आउनुभएको छ ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top