काठमाडौं, मंसिर ७
दशैं अघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन आजदेखि खुलेको छ । यातायात व्यवस्था विभागले आज बिहान १० बजेदेखि अनलाइन फाराम खुला गरेको जनाएको छ ।
दशैंअघिबाट अनलाइन फाराम रोकिएको भए पनि रि—ट्रायल लगायतका कामहरु भने भइरहेका छन् । अनलाइन आवेदन विभागको वेबसाइटमा गएर अप्लाइ गर्न सकिन्छ । यातायात व्यवस्था विभागले देशैभर लाइसेन्सको फारामका लागि अनलाइन अनिवार्य गरिसकेको छ । लाइसेन्सको फाराम अनलाइनबाटै भर्न सकिने भएपनि इटहरी स्थित कार्यालयमा पनि विहानैदेखि भिड लागेको छ ।