यी ९ गल्ती कहिल्यै नगर्नुहोस् , जसले कलेजो खराब गर्छ

७ मंसिर ७५, शनिबार

एजेन्सी, मंसिर ७

हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग ‘कलेजो’ले हाम्रो शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकालेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

कलेजोले रगत शुद्धिकरण गर्नका साथै रगतको लागि आवश्यक प्रोटिन बनाउँछ । यदि कलेजो स्वस्थ्य भएन भने हर्मोनको सन्तुलन विग्रन्छ र रोग पैदा हुन्छ ।

Advertisement

जानेर वा नजानेर गरिने कतिपय गल्तीले कलेजोलाई यति क्षतिग्रस्त तुल्याइदिन्छन् कि त्यसलाई ठिक पार्न असम्भव हुन जान्छ ।

१. नास्ता नगर्नु

Advertisement

सुन्दा सामान्य लाग्छ । तर, बिहानको नास्ता नगर्नु स्वास्थ्यका लागि हानिकार हुनछ । बिहान हाम्रो शरीरमा इनर्जी कम हुन्छ । अतः नास्ता गरिएन भने त्यसको भार कलेजोले झेल्नुपर्छ । नतिजा, कलेजो खराब हुन्छ ।

२.प्रशोधित खाना

अहिले हाम्रो भान्सामा प्रसोधित खाना हावी हुँदै गएको छ । जबकी यस्तो खाना कलेजाको लागि अनुकुल हुँदैन । प्रशोधित खानामा भुपूर मात्रामा प्रिजर्भेटिब्स, एडिटिब्स र आर्टिफिसियल स्वीटनर्स हुन्छन् जसले कलेजोलाई हानी गर्छ ।

३. कम निद्रा

जर्नल अफ एनाटोमीमा प्रकाशित एक अध्ययनका अनुसार निद्राको कमिले गर्दा कलेजोमा अत्याधिक दबाव पर्छ । कलेजोका साथसाथै आफ्नो शरीरका अन्य अंगहरुलाई पनि ठीक राख्नका लागि हामीले ८ घन्टा अनिवार्य निदाउनु आवश्यक छ ।

४.औषधिको अत्यधिक सेवन

सानोतिनो रोग(बिराममा औषधी खाइहाल्ने बानी छ हाम्रो । टाउको दुख्नसाथ, रुँघा लाग्नसाथ, पेट दुख्नसाथ, पखला लाग्नसाथ हामी औषधी खान्छौ । त्यती मात्र होइन, चिकित्सककै प्रेस्किप्सन बिना पेन किलर खाने बानी पनि छ । यसले कलेजोलाई सोझै असर गर्छ ।

५. मोटोपना

मोटोपना पनि कलेजोको लागि खतरनाक हुन्छ । बढि खाना खानाले शरीरमा बोसो बढेर जान्छ जुन स्टोरिङ सेलबाट बाहिर आएर कलेजोमा जम्मा हुन थाल्छ । यसबाट कलेजो बिग्रिन थाल्छ ।

यति मात्र होइन, कलेजोमा बोसो जम्मा भयो भने मुटुरोग र क्यान्सरको खतरा पनि बढेर जान्छ । त्यसैले आफ्नो आहार र एक्सरसाइजमा ध्यान दिनुपर्छ । यी दुई कुराहरुमा ध्यान दिइएन भने तपाईंको मोटोपना बढ्न सक्छ र कलेजोलाई असर र्पुयाउँछ ।

६.अत्यधिक प्रोटीनको सेवन

अनुसन्धानले देखाएको छ कि अधिक मात्रामा प्रोटिन सेवन गर्नुले शरीरलाई नोक्सानी र्पुयाउन सक्छ । पर्याप्त कार्बोहाइड्रेड बिना ज्यादा प्रोटिनको सेवन गर्दा कलेजोसँग जोडिएका समस्याहरु बढ्न सक्छन् । त्यसैले मासु र अन्डाको साथै हरियो तरकारी र स्टार्च पनि भरपूर मात्रामा सेवन गर्नुपर्छ ।

७.मदिरा सेवन

रक्सी हाम्रो कलेजोको सबैभन्दा ठूलो सत्रु हो । यसले कलेजोका लागि मन्द विषको जस्तो काम गर्छ । आवश्यकताभन्दा बढि रक्सी पिउने हो भने कलेजोको कार्यक्षमता घट्छ र यसले शरीरबाट सही ढंगले टक्सीन्स निकाल्न असमर्थ हुन्छ ।

८. धुम्रपान

चुरोटले कलोजोलाई अप्रत्यक्ष रुपबाट प्रभावित पार्दछ । चुरोटको धुवाँमा पाइने विषाक्त केमिकल्सहरु अन्तमा कलोजोसम्म पुग्छन् र कलेजोका कोषहरुलाई हानी र्पुयाउँछन् ।

कसरी गर्ने कलेजोको सफाई ?

विशेषज्ञका अनुसार केहि यस्ता खानेकुरा हुन्छन्, जसले कलेजो सफा गर्न मद्दत गर्छ । नियमित उक्त खानेकुरालाई आफ्नो डाइटमा सामेल गर्ने हो भने, कलेजो क्रमस सफा हुँदै जान्छ ।

दालचिनी

यसमा ग्लूकोज र फ्रक्टोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ ।

लसुन

लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ ।

चुकन्दर

यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ ।

आलुबखडा

आलु बखडामा रहेको एन्टिअक्सिडेन्ट फ्रि रेडकल्सले कलेजोलाई रक्षा गर्छ ।

ओखर

ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले कलेजोमा जम्मा भएको टक्सिनलाई सफा गर्छ ।

कागति

कागतिमा साइट्रिक एसिड हुन्छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ ।

अदुवा

अदुवामा एन्टि इन्फ्लेमेटरी र एन्टिमाइक्रोवियल गुण हुन्छ, जसले कलेजोलाई सुन्निन दिदैन ।

बेसार

बेसारमा करक्यूमिन हुन्छ, जसले कलेजोको प्रणालीलाई सहि राख्न मद्दत गर्छ ।

बन्दागोभी

बन्दामा रहेको सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ ।

स्याउ

स्याउमा पेक्टिन र फ्लेवोनाइड्स हुन्छ, जसले कलेजोमा रहेको टक्सिन हटाउँछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

सम्बन्धित समाचार

Scroll to Top