एजेन्सी, मंसिर ९
यूएईमा जारी टी–१० लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम केरला किंग्सले तेस्रो खेल आज राजपुतसँग खेल्दै छ ।
खेल शारजाह क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुका ८ः १५ बाट सुरु हुने छ । राजपुतको कप्तानी न्युजिल्यान्डका पुर्व कप्तान बे्रन्डन मैकुलमले गर्ने छन् । राजपुतमा मैकुलम सहित टीमल मिल्स,रोहन मुुस्तफा, पिटर ट्रेगो जस्ता खेलाडी रहेका छन् ।
पहिलो खेलमा पख्तुन्सबीरुद्ध सन्दीपले २ ओभरमा ३ विकेट लिदैँ म्यान अफ द म्याच भएका थिए भने दोस्रो खेलमा सिन्धिससँग २ ओभरमा १४ रन खर्चेर १ विकेट लिएका थिए ।
पहिलो खेलमा केरला ८ विकेटले विजयी भएको थिया ेभने दोस्रो खेलमा सिन्धिससँग केरला ९ विकेटको फराकिलो हार ब्योहोरेको थियो ।