विराटनगर, मंसिर ९
विराटनगरमा गतवर्ष आयोजना भएको विराट गोल्डकप फुटबल टुर्नामेन्ट २०७४ को आयब्यय सार्वजनिक गरिएको छ । आयोजक समितिले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता आयोजनामा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा विराट गोल्डकप टुर्नामेन्ट २०७४ का संयोजक नविन रिजालले प्रतियोगिता आयोजना गर्न १ करोड २४ लाख ९७ हजार ८५ रुपैया खर्च भएको बताए ।
उनले प्रायोजक प्रर्बद्धक,टिकट बिक्री र आर्थिक सहयोग समेत गरेर कुल १ करोड ३० लाख ८५ हजार बढी संकलन भएकोमा प्रतियोगिता आयोजनाका विभिन्न शिर्षकमा खर्च काटेर ५ लाख ८८ हजार ५ सय ८१ रुपैया आयोजक ट्रस्टलाई बचत भएको जानकारी दिए ।
कार्यक्रममा मोरङ ब्यापार संघका अध्यक्ष पवन सारडाले मोफसलमा पहिलो पटक डे–नाइट प्रतियोगिता आयोजना गरिएकोमा अभुतपूर्वरुपले सफल भएको बताए । कार्यक्रममा संयोजक रिजाललाई दोसल्ला र मायाको चिनो सहित सम्मान गरिएको थियो ।