×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

हजारौको उपस्थितिमा सामाजिक सुरक्षा योजनाको शुभारम्भ

११ मंसिर २०७५

काठमाडौँ, मंसिर ११
योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको प्रधानमन्त्री के पी शर्मा ओलीले विधिवत रुपमा शुभारम्भ गरेका छन् । नयाँ युगको शुरुवात भन्दै काठमाडौंको प्रज्ञा भवनमा मंगलबार हजारौ श्रमिक, रोजगारदाता, सरकारी तथा गैरसरकारी पदाधिकारीका बीच सामाजिक सुरक्षा योजना पहिलो पटक सार्वजनिक गरिएको हो ।

सरकारले मंसीर ११ लाई ऐतिहासिक दिनका रुपमा मनाउन प्रत्येक बर्ष सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णयसमेत गरिसकेको छ । प्रधानमन्त्री ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा कोष सवैका लागि फलदायी हुने जानकारी दिए ।

Advertisement
Advertisement

उनले बिरामी, आम्दानी भएका, नभएका, हुँदा खाने सबैका लागि यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । बालकदेखि बृद्धसम्म सामाजिक सुरक्षा कोषले हेर्ने भएकाले अब ढुक्क हुन आग्रह समेत गरे ।सरकारले जनतामूखी काम गरिरहेको जानकारी दिदै प्रधानमन्त्री ओेलिले भने–‘ मजदुरलाई सोध्नुस्, दुःख पाएका जनतालाई सोध्नुस् सरकार के गरिरहेको छ जवाफ पाउनुहुनेछ ।’

शुभारम्भ कार्यक्रममा हजारौ श्रमिकहरु झाँकी तथा वाजागाजासहित उपस्थित भएका थिए । उनीहरुमा उत्साह जागेको देखिएता पनि कोषका बारेमा धेरै जानकार भने थिएनन् । योगदानमा आधारित सामाजिक सुरक्षा योजना नेपालभर लागू गर्दै पहिलो चरणमा प्रतिष्ठान स्तरका श्रमिकहरुका लागि सामाजिक सुरक्षा कोषबाट सुविधा उपलब्ध गराउनेछ ।

कोष अन्तर्गत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, त्यसैगरी दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा सुविधा प्राप्त गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उद्घाटन कार्यक्रममा जानकारी दिए । घोषणा कार्यक्रममा बोल्दै मन्त्री विष्टले सुरक्षा योजना नयाँ भएकाले आगामी दिनमा विस्तार गर्दै लैजाने र यसवाट श्रमिक, रोजगारदाता र सरकारलाई फाइदा पुग्ने बताए ।

उनले रोजगारदाताले अव ढुक्कसँग लगानी गर्ने वातावरण बनेको जनाए । कार्यक्रममा ट्रेड युनियन, रोजगारदाता तथा नीजि क्षेत्रले सामाजिक सुरक्षा कोषको शुभारम्भको स्वागत गर्दै सही कार्यान्वयन गर्नु पर्ने औल्याए । उनीहरुले सामाजिक सुरक्षा कोष सवैभन्दा ठूलो हुने भएकाले सही सदुपयोग गर्न आग्रह गरे । यी सबै सुविधा पाउनका लागि श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनु पर्ने छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा भएका कारण योगदान नगरेकाले यो सुविधा पाउँदैनन् । सामाजिक सुरक्षा योजनामा योगदानको लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत बराबरको रकम कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

Advertisement

यसरी रकम जम्मा गर्नुभन्दा पहिला रोजगारदाता र श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत हुनु पर्ने छ । कोषबाट सञ्चालन हुने योजना नेपालमा विद्यमान सामाजिक सुरक्षा योजनाभन्दा पृथक हुनुका साथै नेपालमा पहिलो पटक सञ्चालनमा आएको हो । यो योजना लागू भए पश्चात् कर्मचारी तथा श्रमिकहरुको सामाजिक सुरक्षा सुनिश्चत हुने र रोजगारदाताको दायित्व व्यवस्थापन पनि सहज हुने भएकाले लगानीमैत्री वातावरण र रोजगारको अवसर सिर्जना भई नेपालको अर्थतन्त्र पनि गतिशिल हुने अपेक्षा सरकारको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top