काठमाडौं उपत्यकामा जोर विजोर नम्बर प्रणाली लागू

११ मंसिर ७५, मंगलबार

विराटनगर,मंसिर ११
यही बिहिबारदेखि आइतबारसम्म काठमाडौं उपत्यकामा जोर विजोर नम्बर अनुसार गाडी चल्ने भएका छन् ।

Advertisement

शुक्रबारदेखि सोमबारसम्म काठमाडौमा हुने एसिया प्यासिफिक समिट कार्यक्रममा सवारी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते शुक्रबार र मंसिर १६ गते आइतबार जोर (०,२,४,६,८) अंक भएका गाडी मात्रै चल्न पाउनेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top