‘अब जता हे¥यो त्यतै सरकार’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खोज्नेहरुले अब जता पनि सरकार देख्ने दाबी गरेका छन् । मुलुकभर मंगलबार सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भ गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘पत्रपत्रिकामा कसैले सोधेछन्– सरकार कहाँ छ ? के गर्दै छ ? कतिले भने– सरकारले सिन्को पनि भाँचेन, कतिले भने– सरकारले जुम्रो पनि मारेन,’ कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, यो सरकार बनेको जुम्रा मार्न, सिन्का भाँच्न होइन, देश बनाउन हो ।’ ओलीले अगाडि भने, ‘आज म भन्न चाहन्छु, सरकार खोज्न पावरवाला चस्मा लाउनुपर्दैन, खोज्नुपर्दैन, नचाहे पनि तपाईले सरकार देख्नुहुनेछ, त्यो तपाईको बाध्यता हुनेछ ।’,यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top