न्यायिक क्षेत्रमा अनियमितता र भ्रष्टाचार गर्न कसैलाई छुट छैन : महान्यायाधिवक्ता खरेल

विराटनगर,मंसिर१२
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्याययिक क्षेत्रमा अनियमितता र भष्टा«चार गर्न कसैलाई छुट नभएको बताएका छन् । उनले न्याययिक क्षेत्रको सरकारी सेवामा कार्यरत जो सुकैलाई सरकारले प्रदान गरेको सेवा सुविधा अपुग भए सरकारसंग माग गर्न सुझाव दिए ।

जिल्ला अदालत सरकारी वकिलको कार्यालयको भवन शिलान्यास कार्यक्रममा बुधवार विराटनगरमा आयोजित कार्यक्रममा संचारकर्मीसंग कुराकानी गदै महान्यायाधिवक्ता खरेलले भने‘न्याययिक क्षेत्रको सरकारी सेवामा कार्यरत जो जति सबै हुनुहन्छ,सरकारले दिएको सेवा सुविधामा सुन्तुष्ट भएर काम गर्नुहोस तर,यो क्षेत्रमा रहेर गैर कानुनीरुपमा काम गर्ने तपाई कसैलाई छुट छैन । र त्यो मलाईपनि छैन र अरुलाईपनि छैन । ’

Advertisement

महान्यायाधिवक्ता खरेलले सरकार बिकृती र विसंगतीको बिरुद्धमा रहेकाले सरकारी वकिलको कार्यालयलाइपर्नि बिकृति र विसंगति रहित बनाएर व्यवसायीक कार्यालय बनाउन चाहेको बताए । उनले न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएका दीपकराज जोशीको बिषयमा सरकार र संसादको ध्यान जानेमा आफु विश्वस्त रहेको बताए ।

न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि जोशी र चोलेन्द्र शम्सेर राणाको नाम पठाएको थियो । महान्यायाधिवक्ता खरेलले ३ करोड १० लाखको लागतमा निर्माण हुने जिल्ला अदालत सरकारी वकिलको कार्यालयको भवनको शिल्यानस गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top