पाओक सलोनिकामाथि चेल्सीको फराकिलो जित

१३ मंसिर ७५, शुक्रबार

एजेन्सी,मंसिर १४
जरी युरोपा लिग अन्तर्गत समूह ‘एल’को बिहीबार भएको खेलमा चेल्सीले पाओक सलोनिकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ ।फ्रान्सेली फरवार्ड ओलिभिएर जिरुडले दुई गोल गरेपछि चेल्सीलाई जित निकाल्न सहज भएको हो ।

खेलको सातौं मिनेटमा नै ग्रीक टोली पाओक १० खेलाडीमा सिमित भएको थियो । ओलिभिएर जिरुडलाई गोल गर्ने अवसरबाट बन्चित गर्न फल गरेपछि रेफ्रीले उनलाई सिधारी रातो कार्ड देखाएका थिए । जिरुडले नै २७ औं मिनेटमा पेड्रोको पासमा उत्कृष्ट फिनिसको नमुना प्रस्तुत गर्दै चेल्सीको लागि पहिलो गोल गरे ।

पहिलो हाफमा नै चेल्सीले अग्रता दोब्बर पार्यो । ३७ औं मिनेटमा मिडफिल्डर सेस फाब्रीगासको चिप पासमा जिरुडले उत्कृष्ट भली प्रहार गर्दै २–० को अग्रता दिलाए ।

Advertisement

चेल्सीले दोस्रो हाफमा पनि आक्रमण जारी राख्यो । ६० औं मिनेटमा १८ वर्षीय मिडफिल्डर क्यालम हड्सन ओडोईले गोल गरे । खेल सकिन १२ मिनेट बाँकी छँदा वैकल्पिक खेलाडी अल्भारो मोराटाले गोल गर्दै ४–० को जित पक्का गरे । मोराटाले हड्सन ओडोईको क्रसमा हेडरमार्फत गोल गरेका हुन् ।

Advertisement

चेल्सी प्रशिक्षक मौरीजियो सार्रीले टोटेनहमसँग पराजित भएको टोलीबाट १० खेलाडी परिवर्तन गरेका थिए । मोराटाको स्थानमा आएका जिरूडले राम्रो प्रदर्शन गरे ।

चेल्सीले युरोपा लिगको लगातार पाँच खेल जित्दै यस नतिजा हासिल गर्ने दोस्रो इंग्लिस टोली बनेको छ । यसअघि टोटेनहमले पनि सन् २०१३–१४ मा यस सफलता हासिल गरेको थियो । चेल्सीले सन् २०१० नोभेम्बरयता लगातार ५ युरोपेली खेल जितेको छ ।

सन् २००९–१० मा प्रतियोगिताको नाम युरोपा लिग राखेयता १८ वर्ष २२ दिनका हड्सन ओडोई गोल गर्ने सबैभन्दा युवा खेलाडी भए । अंक तालिकामा चेल्सीको ५ खेलमा १५ अंक छ भने बाटे बोरिसोभ र मोल भिडीको ६–६ अंक छ । पाओकको ५ खेलमा ३ अंक छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top