×

NEPAL TIMES UPDATES

Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026
Playing
स्मार्ट लाइसेन्सको नयाँ युगः नक्कली लाइसेन्स सडकमै छुट्टिने || Nepal Times
May 07, 2026
Playing
लिपुलेक विवाद कसरी समाधान हुन् सक्छ ? यस्तो हुनसक्छ ’फर्मुला’|| Nepal Times
May 07, 2026
Playing
इरानको जस्तै भारतको एयर डिफेन्स ध्वस्त हुनसक्छ ? मोदीको चेतावनी|| Nepal Times
May 07, 2026
Playing
World News:‘प्रोजेक्ट फ्रिडम’ साउदीले गरायो फेल,अमेरिकी प्रस्तावमा विचार गर्दै इ*रान|| Nepal Times
May 07, 2026
Playing
रामवरण,ओली, झलनाथ र सुजाताको उपचारमा राज्यले कति खर्च गर्याे ?|| Nepal Times
May 07, 2026

भारतको रेल हेरेर फर्कियो नेपाली टोली, एक महिनामै पुरा हुँदैछ नेपालीको रेल सपना

१४ मंसिर २०७५

काठमाडौं, मंसिर १४
जनकपुर-जयनगर ३५ किलोमिटर लामो रेल सञ्चालन गर्नु अघि नेपाली टोलीले भारतीय रेल हेरेर फर्किएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी नेतृत्वको टोलीले मुम्बई-गोवा खण्डको रेल अध्ययन गरेको हो । ६० किलोमिटर लामो सो रेलको प्रत्येक स्टेशनको अवलोकन गरेर सचिव, रेल विभागका महानिर्देशक सहितको टोली स्वदेश फर्किएको हो ।

‘हाम्रो जस्तै भूभाग भएको मुम्बई-गोवा रेलको अध्ययन गरेर आयौं, त्यसका हरेक स्टेशनको स्थलगत अवलोकन गरियो, त्यहि अनुभवनका आधारमा जनकपुर जयनगर रेल सञ्चालन गर्छाै’, रेल विभागका महानिर्देशक बलराम मिश्रले विकासन्युजसँग भने ।

Advertisement
Advertisement

पाँच दिने भारत भ्रमण गरेको टोलीले भारतीय रेल मन्त्रालयका अधिकारीहरुसँग जनकपुर-जयनगर रेल सेवा सञ्चालनका बारेमा पनि छलफल गरेका थिए । दुई देशबिच जयनगर-जनकपुर-कुर्था रेललाई वेट लिजमा सञ्चालन गर्ने सैद्धान्तिक सहमति भैसकेको छ । एक महिनाभित्रै सो रेल सेवा सञ्चालनमा आईसक्नेछ ।

वेट लिज सम्झौता अनुसार भारतीय रेल वेले रेलको डब्बा, चालक, कर्मचारी उपलब्ध गराउनेछ । नेपालले टिकेट, भाडा लगायतका पक्ष हेर्नेछ । उनीहरुले नेपालमा रेल गुडाईरहँदा नेपाली प्राबिधिकहरुले सम्पुर्ण प्राबिधिक काम सिक्नेछन् । र नेपालले जनशक्ति तयार पारेपछि आफैं रेलको डब्बा किनेर सञ्चालन गर्नेछ । रेल गुडाउन नेपाल सक्षम भएपछि भारतीय रेल वे फर्कनेछ ।

रेल प्रति घण्टा एक सय किलोमिटर स्पीड क्षमताका छन् । रेल विभागले जयनगर–जनकपुर–कुर्थासम्मको ३५ किलोमिटर खण्डमा रेल गुडाउन आवश्यक पुर्वाधार निर्माण सम्पन्न गरिसकेको छ । भारत सरकारले १० अर्ब लागतमा सो रेलवे लाइन निर्माण गरिदिएको हो ।

Advertisement
Advertisement

जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्था भन्ने ठाउँसम्म रेल मार्गको लिक समेत निर्माण सम्पन्न भएको छ । नेपालमा निर्माण भएको रेल वे नेटवर्क ब्रोडगेजको हो । ६ वटासम्म डब्बा तान्न सक्ने चार वटा इञ्जिन राख्ने तयारी भैरहेको छ । विभागले बिराटगर बथनाहको १८ किलोमिटर रेल मार्गमा पनि त्यस्तै सम्झौता गर्न लागेको छ। (विकास न्युजबाट)

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top