निर्माण सम्पन्न भएपनि विराटनगर बस टर्मिनल अझै सञ्चालनमा आउन सकेन (भिडियो रिपोर्टसहित)

विराटनगर, मंसिर १४
गएको साउन महिनाको पहिलो सातानै निर्माण सम्पन्न भएपश्चात विराटनगर महानगरपालिकालाई हस्तानान्तण गरेर सञ्चालनमा आउने भनिएको अत्याधुनिक सुविधा सम्पन्न विराटनगर बस टर्मिनल अझै सम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

Advertisement

वस टर्मिनल निर्माण अघि सामान्य वर्षामै हिलाम्मे र वर्षा नहुदा धुलाम्ये हुने विराटनगर बसपार्क यतिबेला निर्माण सम्पन्न भएर मुहारनै फेरिए पनि विराटनगर महानगरको ढिला सुस्ति र छ लेन सडकले निर्माण गर्ने ढलका कारण सो वस टर्मिनल सञ्चालनमा आउन नसकेको हो ।

अत्याधुनिक सुविधासम्पन्न अढाइ तले भवन सहितको बस टर्मिनल निर्माणका सवै काम गएको साउन महिनामै सम्पन्न भएको थियो । नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा विराटनगर महानगरपालिकाले निर्माणका लागि गौरी पार्वती निर्माण सेवा काठमाडौंलाई ठेक्का दिएको थियो ।

Advertisement

उक्त कम्पनीले बस टर्मिनलको सवै काम सम्पन्न गरिसकेको छ । निर्माण सम्पन्न गरेर हस्तानन्तरणका लागि ठेकेदार कम्पनीले विराटनगर महानगरपालिकालाई पत्राचार समेत गरिसकेको गौरी पार्वती निर्माण सेवाका साइट इन्चार्ज सुदर्शन थापाले बताए ।

उनले भने ‘ठेकेदारको तफबाट सबै काम सकिएको छ । अगाडी ६ लेन सडकको काम चाहिँ अलिकति बाँकी छ, त्यो पुरा नहुन्जेलसम्म बस भित्र छिर्ने अवस्था छैन त्यसले गर्दा अहिले हामी रुँगेर मात्र बसेका छौँ । सबै काम सकिएको छ ।’ उनले काम टेण्डरको काम जेठमै सकिएको बताए ।

Advertisement

यता विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने आगामी पुस महिनाको दोस्रो साता भित्र वस टर्मिनलको उद्घाटन गरिने दावी गरे । उनले वस टर्मिनल क्षेत्रमा अहिले छ लेनको सडक अन्तर्गत ढल निर्माणको काम भइरहेकाले टर्मिनल सञ्चालनमा ल्याउन समस्या भइरहेको बताए ।

उनले भने–‘पुषको पहिलो÷दोस्रो हप्ता तिर सञ्चालन गर्ने भनेका छौँ । ६ लेनको हाईवेयको सडकले अगाडीको ड्रेनहरु पुरा नगरिदिएको हुनाले समस्या परेको हो’

ठेकेदारले निर्माण गरेको बस टर्मिनलमा एक पटकमा साना ठूला गरी ५० देखि ५४ वटा सम्म बस रोक्न मिल्ने विराटनगर महानगरपालिकाले जनाएको छ । बस टर्मिनलमा पुरानो बसपार्क जस्तो धेरै समय सम्म बस रोक्न नमिल्ने र यात्रु ओराल्ने र चढाएर गन्तब्य तर्फ लगि हाल्नुपर्ने गरि आधुनिक बस टर्मिनल निर्माण गरिएको विराटनगर महानगरपालिकाका मेयर पराजुलीले जानकारी दिए ।

यस अघि वर्षाको बेला पानी जमेर हिलाम्मे हुने र सुख्खायाममा धुलोको समस्या भोग्दै आएका यातायात व्यवसायी, यात्रु र स्थानीयवासीले वस टर्मिनल निर्माण पछि राहत पाउने आशा गरेपनि निमार्ण सम्पन्नपछि समेत सञ्चालनमा आउन नसक्दा निरास बनेका छन् ।

पूर्व नेपाल यातायात व्यवसायी कम्पनी प्रा.लि. का अध्यक्ष राजन कँडेलले वस टर्मिनल निर्माण सकिएपनि सञ्चालनमा नआउँदा व्यसायीहरुलाई ठुलो समस्या भईरहेको बताए ।

बस टर्मिनलनमा ब्यवस्थित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, रेष्टुरेन्ट, ब्यागेज राख्ने कोठा, सार्वजनिक शौचालय हुनेछन । पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतिक्षालय र पसल रहने छ भने दोस्रो तलामा रेष्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहने छ ।

यो बस टर्मिनल पूर्व क्षेत्रकै सुविधा सम्पन्न र नमुना हुने दावी गरिएको छ । यस्तो सुविधा सम्पन्न वस टर्मिनल निर्माण सम्पन्न भईसकेपनि चाँडै सञ्चालनमा आउन नसक्दा यातायातका साधनहरुले अव्यवस्थित रुपमा यात्रु चढाउने र ओराल्नु पर्ने बाध्यता छ । बस पार्किङ पनि सडकमै र अव्यवस्थित हुँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top