विराटनगरमा मंसिर १६ देखि कर्पोरेट फुटसल

१४ मंसिर ७५, शुक्रबार

विराटनगर,मंसिर १४
मंसिर १६ गतेदेखि विराटनगरमा कर्पोरेट फुटसल टुर्नामेन्ट हुने भएको छ । आयोजक द स्पोर्टस हबले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो बिषयमा जानकारी गराएको हो ।

Advertisement

प्रतियोगिता मंसिर २२ गतेसम्म चल्ने जनाइएको छ । आयोजक समितिका अध्यक्ष प्रज्ञान खनालले लिग अनुसार खेलाईने टुर्नामेन्टमा विभिन्न ६ वटा कर्मशियल बैंकहरुको सहभागिता रहने बताए ।

प्रतियोगिताको ग्रुप ए मा नबिल बैंक,सानिमा बैंक र सिटिजन बैंक रहेका छन । यस्तै ग्रूप बी मा मेगा,जनता र नेपाल बैंक लिमिटेड रहने छन । विराटनगर–२ स्थित फुटसल मैदानमा खेलाईने खेलका बिजेतालाई नगद ५० हजार र रनरअपलाई नगद ३० हजार पुरस्कार प्रदान गरिनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top