किरणको टिसी स्पोट्र्सलाई माल्दिभ्सको लिगको उपाधि, सर्वोत्कृष्ट गोलरक्षक बने किरण

१४ मंसिर ७५, शनिबार

काठमाडौं, मंसिर १५
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टिसी स्पोट्र्स क्लबले माल्दिभ्सको शीर्ष डिभिजन लिगको उपाधि जितेको छ ।

टिसी स्पोट्र्सले माल्दिध्सको शीर्ष डिभिजन लिग ‘धिवेही प्रिमियर लिग’को उपाधि जितेको हो । प्रतियोगितामा किरणे सर्वोत्कृष्ट गोलरक्षक पनि चुनिए ।

१६ खेलमा १३ जित १ बराबर र २ हारसहित ४० अंक जोड्दै किरणको टोलीले उपाधि जित्न सफल भएको हो ।दोस्रो स्थानमा रहेको माजियाले १६ खेलमा ३८ अंक जोडेको छ ।

Advertisement

अन्तिम चरणको खेलसम्म पनि दोस्रो स्थानको माजियाले टिसीलाई चुनौती दिएको थियो । अन्तिम चरणको खेलमा माजिया र न्यु रेडीयन्टले ४–४ को बराबरी खेलेपछि टिसी आफ्नो अन्तिम खेल अगाडी नै विजेता हुने पक्का भएको थियो ।

Advertisement

टिसी स्पोट्र्सले अन्तिम खेलमा क्लब इगल्ससँग ४–४ को बराबरीमा रोकियो । यो लिगमा टिसीको पहिलो बराबरी थियो । लिगको अघिल्लो खेलमा माजियासँग ४–२ ले पराजित भएपछि टिसीको उपाधि दावेदारिता कमजोर भएको थियो । तर माजियाले न्यु रेडीयन्टलाई हराउन नसकेपछि टिसीले अन्तिम खेल अगावै उपाधिमा कब्जा गरेको हो ।

लिग अवधिभर खेलेका १६ खेल मध्य ११ खेलमा क्लिन सिट राख्न सफल भएको किरणको टोलीले जम्मा ५ खेलमा मात्र गोल खाएको थियो । पराजित भएको दुई खेलमा माजियासँग ४–२ र गरिन स्ट्रिटसँग २–१ ले पराजित टोलीले अन्य खेलमा ५–१ र ६–१ को जित र ४–४ को बराबरीमा गोल खाएको हो । किरणले यसै प्रदर्शनलाई आधार मानेर सर्वोत्कृष्ट गोल रक्षकको उपाधि पनि हात पारे ।

किरणले गतवर्ष मिन्नरेभा पन्जाबबाट खेल्दै भारतको आई–लिग उपाधि पनि जितेका थिए । नेपालमा हुँदा रुस्लान थ्री स्टारबाट राष्ट्रिय लिग जितेपछि विदेश लागेका किरणले टिसी स्पोट्र्सबाटै दुई वर्षअघि बंगलादेशमा सम्पन्न शेख कमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि पनि जितेका थिए ।

बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा टोलीको कप्तानी समेत गरेका किरणको प्रदर्शन प्रभावशालि रहँदै आएको छ । उनी नेपालको उत्कृष्ट गोलरक्षक मानिन्छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top