आलोचनाको घेराबाट माथि उठ्न नेपालको साथ माग्दै सुकी

काठमाडौं : एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आएकी म्यानमारकी विदेश मन्त्री आङसाङ सुकीले विश्वमञ्चमा नेपाललाई आफ्नो पक्षमा पार्न पहल गरेकी छन्।

कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पनि विश्वमञ्चमा नेपालको साथ खोजेका छन्। उनीहरूले औपचारिक छलफल मात्रै होइन, दुईपक्षीय सम्झौता समेत गरी विश्वमञ्चमा नेपालको साथ चाहेका हुन्। हुन सेन र सुकीले बेग्लाबेग्लै दुईपक्षीय र शिष्टाचार भेटवार्ता पनि गरे।

लामो समयसम्म लोकप्रिय रहेकी सुकी अहिले रोहिंज्या शरणार्थी समस्याका कारण आलोचनामा मात्र होइन, मानवअधिकारका क्षेत्रमा आलोचित र अलोकप्रिय बन्दै गएकी छन्। उनी आलोचनाको घेराबाट माथि उठ्न नेपालको साथ खोजेकी हुन्।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top