×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

इएल क्लासिकोमा बार्सिलोनाको शानदार जित

८ पुष २०७४

८ पुस, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि शानदार जित हात पारेको छ । इएल क्लासिको यो हारसँग रियल मड्रिड भने अंक तालिकामा १४ अंकले पछि परेको छ ।

उपाधि होडमा फर्कन रियलका लागि यो खेल्न जित्नु पर्ने दबा थियो तर, झण्डै आधा घन्टा १० खेलाडीमा सिमित भएको रियल ३-० ले पराजित हुनपुग्यो ।

Advertisement
Advertisement

घरेलु मैदान सान्टिएगो बेर्नाबाउमा भएको खेलमा रियल मड्रिडले आक्रमक सुरुवात गरेको थियो । सुरुमा नै रोनाल्डोको गोल अफसाइड हुनपुग्यो भने त्यसपछि पनि घरेलु टोलीले बार्सिलोनामाथि लगातार दबाब कायमै राख्यो ।

४० औं मिनेटमा मेस्सीको पासमा उपलिन्होले हेड गरेका थिए, जसलाई नाभासले मुस्लिकले बचाए । पहिलो हाफमा बार्सिलोनाले पाएको यो उत्कृष्ट मौका थियो ।

लगतै घरेलु टोलीका रियलका करिम बेन्जिमाको प्रहार बारमा लागेर बाहिरिएको थियो ।

तर, बार्सिलोना दोस्रो हाफमा खेल उल्टायो । घरेलु टोलीमाथि दबाब बढाउँदै लगेको बार्सिलोनाका लागि ५४ औं मिनेटमा लुइस स्वरेजले गोल गरे ।

६४ औं मिनेटमा रियल मडि्रडले दोहोरो झड्का व्यहोर्‍यो । किपर विट भइसकेके अवस्थामा हातले बल रोक्ने प्रयास गर्दा कार्भाजलले रातो कार्ड पाए भने बार्सिलोनालाई पेनाल्टीको अवसर दिइयो, जसमा मेस्सीले सहजै गोल गरे ।

यो इएल क्लासिकोमा मेस्सीको २५ औं गोल हो । ला लिगाको इएल क्लासिकोमा भने १७ औं र रियल मड्रिडको घरेलु मैदानमा भएको क्लासिकोमा पाँचौं गोल हो ।

खेलको अन्तिम मिनेटमा मेस्सीकै पासमा एलेक्स भिडालले गोल गरेपछि बार्सिलोना ३-० ले विजयी भयो ।

जितसँगै बार्सिलोनाको १७ खेलबाट ४५ अंक भएको छ र अंक तालिकाको शीर्ष स्थानमा छ । रियल मड्रिडको ३१ अंक छ र एक खेल कम खेलेको छ ।

Advertisement

यसैगरी बार्सिलेाना र दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडबीच भने ९ अंकको दुरी छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top