विराटनगर,पुस ९
विराटनगरमा सुरु भएको जुत्ता चप्पल मेलामा ग्रहाकको भिड बढ्न थालेको छ । गत बुधबार देखी विराटनगर स्थित जैन भवनमा जारी जुत्ता चप्पल मेलामा ग्राहकको भिड बढ्दै जान थालेको हो ।
नेपाली जुत्ता चप्पललाई प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको मेलामा शिखर सुज, हाइलाइफ, बि.एफ.डियर हिल, क्रसरोड, शुल्याण्ड , टमटेलर ब्राण्डका जुत्ता चप्पलहरु राखिएको नेपाली जुत्ता चप्पल घरका पुर्व अध्यक्ष रामकृष्ण प्रसाईले जानकारी दिए ।
मेलामा ५ वटा ब्राण्डका ७० वटा स्टल रहेको नेपाली जुत्ता चप्पल घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । मेलामा विराटनगरलगायत पुर्वका विभिन्न शहरहरुबाट ग्राहकहरु मेलामा आउने गरेका छन् ।
मेलामा स्पोर्टस सुज, क्याजुयल, पार्टी सुज, कलेज÷ स्कुल सुजलगायतका स्टलहरु राखिएको छ । मेलामा आउने ग्राहकहरुका लागि जुत्ता चप्पल खरिदमा ७० देखि ७५ प्रतिशत सम्म छुट दिइने गरेको आयोजकले जनाएको छ ।