धानको सट्टा सुर्ती !

१९ मंसिर ७५, बिहीबार

पर्सा : पर्साका ठोरीबासीले बर्साैंदेखि धान खेती गर्दै आएका थिए। तर वन्यजन्तुले बाली सखाप पार्थ्याे। पाँच वर्षअघि जन्तुले पाँच सयभन्दा बढी परिवारको खेती नष्ट ग¥यो। क्षतिपूर्ति माग्न उनीहरु निकुञ्ज पुगे। निवेदन दिए। तर क्षतिपूर्ति पाएनन्।

निरास भएका स्थानीयले धान खेतीको विकल्प खोज्न थाले। अहिले उनीहरु सुर्ती खेती गर्छन्। यसबाट उनीहरुको आम्दानी पनि बढेको छ। ठोरी पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

त्यसैले हात्ती, मृग, बँदेल र नीलगाईले बाली नष्ट पार्नु अस्वाभाविक थिएन। यो क्षेत्रमा खासगरी रैथाने हात्ती बढी छ। तिनले बढी बालीनाली नाश गर्ने गरेको पर्सा निकुन्जका संरक्षण अधिकृत अशोक राम बताउँछन्।

Advertisement

क्षतिपूर्ति नपाएपछि बाध्य भएर सुर्ती खेती गर्नुपरेको सुर्वणपुर नगरपालिका–३ ठोरीका भीमबहादुर पाख्रिनले बताए। ‘वन्यजन्तुले सुर्ती खाँदैन,’ उनले भने, ‘अन्य बाली नष्ट गर्दा क्षतिपूर्ति नपाएपछि यसलाई रोजेका हौं।’ बारा र पर्साअन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने हजारभन्दा बढी परिवारले सुर्ती खेती गर्ने स्थानीय शम्भुराम पौडेलले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top