निर्मलाको न्यायको लागि क्रिकेट खेलाडीहरुले गरे दीप प्रज्वलन

निर्मलाको न्यायको लागि क्रिकेट खेलाडीहरुले गरे दीप प्रज्वलन

विराटनगर, मंसिर २१
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका निम्ति न्याय माग्दै विराटनगरमा क्रिकेट खेलाडीहरुले दीप प्रज्वलन गरेका छन् । क्रिकेट खेलाडीहरुले विराटनगरको महेन्द्र चौकमा शान्तिपूर्ण प्रदर्शन पछि दीप प्रज्वलन गरेका हुन् ।

विराटनगर स्पोर्टिङ क्लवद्धारा आयोजित सो दीप प्रज्वलन कार्यक्रम पछि बोल्दै विराटनगर स्पोर्टिङ क्लवका अध्यक्ष मोहम्मद असरुलले निर्मला पन्तको बलात्कार र हत्याको घटनामा सरकारले गम्भीरता नलिएकोले क्रिकेट खेलाडी समेत दबाबका लागि उत्रिएको बताए ।

 

त्यस्तै, विराटनगर स्पोर्टिङ क्लवका उपाध्यक्ष मुस्सरफ खानले लामो समय बित्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारले कानमा तेल हालेर बसेको बताए ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ ।’,‘गृहमन्त्री के हेर्दै बलात्कारीहरु देश घेर्दै ।’,‘सरकार पोलपोलमा बलात्कारी टोल टोलमा ।’, ‘नारीको सुरक्षा अब सरकारको परीक्षा ।’, ‘जनताको समर्थन न्यायको सम्भावना ।’लगायत लेखिएका पर्चाहरु बोकेका थिए ।

वाई.आर. सी.सीले संयोजन गरेको दीप प्रज्वलन कार्यक्रममा क्रिकेट खेलाडीहरुको उल्लेख्य सहभागिता रहेको क्रिकेट खेलाडी तथा कार्यक्रम संयोजक मेहबुब आलमले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.