विराटनगरमा खुल्यो ‘रोयल फास्टफुट एण्ड विरयानी हाउस’

विराटनगरमा खुल्यो ‘रोयल फास्टफुट एण्ड विरयानी हाउस’

विराटनगर,मंसिर २२
विराटनगर महानगरपालिका–१५ रानीमा अत्यधुनिक सुविधा सम्पन्न ‘रोयल फास्टफुट एण्ड विरयानी हाउस’ शनिबारबाट सञ्चालनमा आएको छ ।

विराटनगर–१७ का दुई मुस्लिम युवाहरुको करिब २० लाख लगानीमा सञ्चालनमा आएको सो फास्टफुट एण्ड विरयानी हाउसमा धुम्रपान र मदिरापान निषेध गरिएको छ ।

अरु देशमा लाखौँ खर्चेर अध्यधिक तापक्रममा काम गर्ने जानु भन्दा स्वदेशमा नै मेहनत गरेर केहीलाई रोजगार दिने उद्वेश्यले सो ब्यबसाय सञ्चालन गरेको सञ्चालक मो. सोहेलले जानकारी दिए ।

अर्का सञ्चालक जफर इकवालले सिमावर्ती क्षेत्रमा परिवार संग खाजा खान र घुम्न जादा कुनै होटल र रेष्टुरेन्ट नभएकाले आफुहरुले पारिवारिक वातावरणको सो फास्टफुट एण्ड विरयानी हाउस सञ्चालनमा ल्याएको बताए ।

आफूहरु सञ्चालन गरेको सो विरयानी सेन्टरमा स्वादिष्ट परिकार पाउनुका साथै ग्राहकहरुलाई लक्षित गरी आकर्षक र आरामदायी बनाइएको उनीहरुले बताएका छन् ।

उनीहरुले हाल १२ जना स्थानीय युवाहरुले रोजगारी समेत दिएका छन् ।विराटनगरमै पहिलो पटक विरयानी हाउसमा अहमदवाद गुजरात भारतका कुक राखेर खानाका परिकारहरु बनाइने उनीहरुले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.