राजदूत शेर्पालाई स्पष्टीकरण दिन काठमाडौं बोलाइयो, दोषी भेटिए बर्खास्त गर्ने तयारी

काठमाडौँ : आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ ।

चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ । ‘राजदूत शेर्पालाई स्पष्टीकरण दिन मन्त्रालयले स्वदेश बोलाएको छ, उहाँमाथि लागेका आरोपका विषयमा मन्त्रालयले छानबिन पनि गरिरहेको छ,’ परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले नयाँ पत्रिकासँग भने, ‘हाम्रो छानबिन र उहाँको स्पष्टीकरणका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिनेछ ।’ मन्त्रालयले छानबिन गरिरहेका कारण यसबारे थप भन्न नमिल्ने ढकालको भनाइ थियो ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख मणि भट्टराईको नाममा शेर्पालाई स्पष्टीकरणका लागि चिठी पठाइएको छ ।शेर्पाले एक चरण लिखित स्पष्टीकरण पठाए पनि त्यसबाट चित्त नबुझेपछि स्वदेश बोलाइएको हो । ‘शेर्पालाई फिर्ता बोलाएको होइन, तर उहाँको गल्ती प्रमाणित भयो भने बर्खास्त गर्छौं । उहाँ अस्ट्रेलिया जान पाउनुहुन्न,’ परराष्ट्रका एक अधिकारीले भने । राजदूत शेर्पाले भने आफूमाथि लागेको आरोप निराधार रहेको बताउँदै आएकी छिन् ।

Advertisement

चालक शेर्पाले लक्कीका श्रीमान् नवाङ सोनाम शेर्पा र राजदूत शेर्पाले आफू र परिवारलाई अस्ट्रेलिया लैजान १० लाख रुपैयाँ मागेको आरोप लगाएका थिए ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top