सिक्टा भ्रष्टाचार प्रकरण : ‘भ्रष्टाचारी नउम्किऊन् !’

बाँके : वर्षाभरी ढकेरीबासी ढुक्कले निदाउन सकेनन्। सिक्टाको नहर भत्केर डुबानमा परिने हो कि भनेर। बस्तीनजिक नहर बनाउन नदिन उनीहरुले सकेसम्म जोड गरे। तर सकेनन्। ठेकेदारदेखि सीडीओसम्मले उनीहरुलाई थर्काए। सरकारी योजनाको विरोध गर्ने भनेर धाकधम्की दिए। आयोजनामा कच्चा काम भएको स्थानीय हेरिरहन बाध्य भए।

Advertisement

नभन्दै परीक्षणकालमै नहर भत्कियो। नहर बनाउँदा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले शुक्रबार २१ जनाविरुद्ध मुद्दा पनि दायर ग¥यो। तिनलाई अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा हालेपछि यहाँका बासिन्दा अत्यन्त खुसी भएका छन्। तिनलाई कारबाही हुनैपर्ने माग उनीहरुको छ। ती कतै शक्तिको आडमा उम्किने हुन् कि भन्ने चिन्ता पनि स्थानीयलाई छ।

नहर भत्किँदा सबैभन्दा खतरामा पर्ने क्षेत्र हो ढकेरी। यो राप्ती सोनारी गाउँपालिकाको ८ र ९ वडामा पर्छ। यहाँका तीन सयभन्दा बढी घर डुबानको जोखिममा छन्। ढकेरीबासी निकुञ्ज छेउबाट नहर खनियोस् भन्ने चाहन्थे।ढकेरीबासीको मत बुझ्न हामी शनिबार दिउँसो त्यहाँ पुग्यौँ। केही स्थानीय हातहातमा अखबार बोकेर छलफल गरिरहेका थिए। विषय थियो, सिक्टाको भ्रष्टाचार।

Advertisement

‘भ्रष्टाचार भएकै हो। अब सजाय हुनैपर्छ’, भाइराम वली भन्दै थिए, ‘अपराध गरेपछि सजायको लागि पनि तयार हुनुप¥यो नि !’ नहर बन्दै गर्दा वली आयोजनासँग जोडिएको रिम्ना सामुदायिक वनका अध्यक्ष थिए। वन मासेर नहर निर्माण गर्न नहुने उनको मत थियो।

सामुदायिक वनले केही दिन विरोध पनि गरेको थियो। ‘वन क्षेत्र जोगाउँछु भनेर ठेकेदारले वाचा गरेपछि मात्र वनले सहमति दिएको थियो’, वली सम्झिन्छन्, ‘वनसँग सम्बन्धित आयोजना भएकाले हाम्रो निगरानी हुने नै भयो।’, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top