म्यानचेस्टर सिटीको अपराजित यात्रा टुङ्गियो

२२ मंसिर ७५, आइतबार

एजेन्सी,मंसिर २३

जारी इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सीले म्यानचेस्टर सिटीलाई सिजनको पहिलो हार चखाएको छ ।अपराजित रहेको म्यानचेस्टरलाई शनिबार राति भएको खेलमा चेल्सीले २–० ले पराजित गर्दै अपराजित यात्रामा पुर्णविराम लगाएको हो ।

सिटी पछिल्लो १५ खेलमा १३ जित र २ बराबरीसँगै लिगमा अपराजित रहेको थियो ।  चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा सिटीलाई हार चखाउन एङगोले कान्टे र डेभिड लुइजले गोल गरे । दुवै गोल पहिलो र दोस्रो हाफमा सम्भव भएको हो ।

Advertisement

प्रतिस्पर्धात्मक बनेको खेलमा घरेलु टोली चेल्सीले ४५औं मिनेटमा एङ्गोलको कान्टेको गोलबाट खेलमा अग्रता बनाएको थियो । कान्टेले इडेन हजार्डले पेनाल्टी बक्सभित्रबाट उपलब्ध गराएको पासलाई पेनाल्टी बक्सभित्रबाटै वान टचमा सुन्दर गोल गरेका थिए ।

चेल्सीले ७८औं मिनेटमा अग्रता दोब्बर पा¥यो । इडेन हजार्डकै कर्नरमा डेभिड लुइजले हेडमार्फत सुन्दर गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोलका केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा चेल्सीले खेल २–० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

Advertisement

जितपछि चेल्सी १६ खेलबाट ३४ अंक जोडेर तालिकाको चौथो स्थानमा यथावत छ । चेल्सीसँगको हारसँगै सिटीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । सिटीको १६ खेलबाट ४१ अंक छ । शनिबार राति नै एफसी बोर्नमाउथलाई ४–० ले पराजित गरेको लिभरपुल ४२ अंकसहति लिगको शीर्ष स्थानमा रहेको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top