विराटनगर जुनियर जेसीजको अध्यक्षमा दीपा ओडारी

२२ मंसिर ७५, आइतबार

विराटनगर, मंसिर २३
विराटनगर जुनियर जेसीजको बर्ष २०१९ को अध्यक्षमा दीपा ओडारी चयन भएकी छिन् । शनिबार सम्पन्न जुनियर जेसीजको निर्वाचनबाट ओडारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

Advertisement

जुनियर जेसीजको महासचिवमा प्रिन्स पौडेल, कार्यकारीणी उपाध्यक्षमा प्रशंका पौडेल र रितेश मैनाली, उपाध्यक्षमा गौरव कर्ण, मुकेश यादव र चन्दा खङ, कोषाध्यक्षमा विकल्प न्यौपाने र सहसचिवमा दीपा रेग्मी निर्वाचित भएका छन् ।

त्यस्तै कानुनी सल्लाहकारमा जिना शर्मा, तालिम प्रशिक्षकमा अंकित थापा मगर र जनसम्पर्क अधिकारीमा गरिश्मा कोइराला चयन भएको निर्वाचन आयुक्त सनराईज चौधरीले जानकारी दिए ।

Advertisement

२३ औं अध्यक्षमा निर्वाचित भएकी ओडारी जुनियर जेसीजको दोश्रो महिला अध्यक्ष बनेकी छिन् । यसअघि विराटनगर जुनियर जसीजको महिला अध्यक्ष चण्डिका भण्डारी भएकी थिईन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top