इमरान खानजस्तो प्रधानमन्त्री ‘क्वार्टर’ त्याग्न सक्दिन : ओली

२२ मंसिर ७५, आइतबार

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने बताएका छन्।

Advertisement

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले देशले भ्याउने गरी सेवा सुविधा लिने र तीव्र विकास गरिने स्पष्ट पारे। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको प्रसंग निकाल्दै उनले तलब भत्ता नलिने र निवास नै त्याग्ने कुरा नेपालको सन्दर्भमा अहिले नै लागु गर्न कठिन रहेको सुनाए।

‘पाकिस्तानमा इमरान खानले सरकारी निवास त्यागेर आफ्नै घरमा बसेको चर्चा यहाँ भइरहेको छ। उनको आफ्नै महल छ, प्रधानमन्त्री क्वार्टरमा बसेनन्, यो राम्रो कुरा हो। तर उनको जस्तै नेपालमा पनि लागु गर्न अहिले नै मिल्दैन’, उनले भने।

Advertisement

उनले बालकोटस्थित निजी निवास प्रधानमन्त्री बस्नका लागि उपयुक्त नभएको पनि स्पष्ट पारे। ‘सुरक्षाको कुरा छ, बैठकहरु गर्नलाई साँघुरो छ’, उनले भने। आफ्नो घरको कुरा गर्दा ओलीले प्रधानमन्त्री निवासका लागि बालुवाटारमा नै साँघुरो रहेको बताए।

‘मैले इमरान खानबाट सिक्नुपर्छ भनेर केहीले भने। प्रधानमन्त्री निवास त्यागेर मैले कहाँ जाने, जसको काठमाडौंमा घर छैन उ प्रधानमन्त्री भयो भने के गर्लारु’ ओलीले प्रश्न गरे।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top