नेपाल आइडलका सुमित र अस्मिताको झापामा भब्य स्वागत

२२ मंसिर ७५, आइतबार

झापा, मंसिर २३
नेपाल आइडलको टप ४ मा पुग्न सफल झापाका अस्मिता अधिकारी र सुमित पाठकको गृह जिल्लामा भब्य स्वागत गरिएको छ । चर्चित गायन रियालिटी सोको टप ४ मा पुग्न सफल झापाली चेली अस्मिता अधिकारीले दमकमा माहौल उचालेकी छिन् । उनले नेपाल आइडलमा टप ४ मा पहिलो महिला पुग्न सफल भएको भन्दै ईतिहास रच्ने अबसर आएको बताईन् ।

उनले यहाँसम्म आईपुग्न सबैको साथ सहयोगले सम्भव भएको बताईन् । उनले हरियो डाँडामाथि लगायत आधादर्जन गीत गाएर सुनाइन । उनीसँग सेल्फी खिच्न दर्शकहरुले तछाड मछाड गरेका थिए । जसकारण स्थिती समाल्न हम्मे हम्मे भएको थियो । यस्तै नेपाल आइडलको शुक्रवारको एपिसोडबाट सर्वाधिक भोट पाएर टप ४ मा पुगेका सुमित शनिवार गृह जिल्ला झापा पुगेका छन ।

Advertisement

उनलाई झापामा भव्य स्वागत गरिएको थियो । झापामा पुगेर उनले आफ्ना शुभचिन्तकलाई धन्यवाद पनि दिएका छन । उनका समर्थकले आयोजना गरेको ‘नेपाली साङ्गीतिक यात्रामा उदयमान तारा प्रतिस्पर्धी गायक ÷सुमित पाठक’ नामक कार्यक्रम उनले सम्पूर्णलाई धन्यवाद दिएका हुन । उनले उक्त कार्यक्रममा नेपाल आइडलमा रेक्स्पेक्ट पाएका गीतहरू गाएका थिए ।

उनले झम्के गुलेली, कुन माया सदर भो, गुराँसैको फेदमुनि लगायतका गीत गाएका थिए । उनीसँग सेल्फि खिच्न दर्शकहरूले त छाड म छाड गरेका थिए । उनको झापा कनकाई नगरपालिकामा सङ्गीत साधन कला केन्द्र सञ्चालनमा रहेको छ । सुमित त्यही विद्यालयका उत्पादन हुन् । सुमित शास्त्रीय सङ्गीतमा समेत उत्तिकै अनुभवी छन् भने आधुनिक, पप, र्याप सबै प्रकारका गीत गाउन सिपालु समेत छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top