प्याब्सन मोरङको अध्यक्षमा बस्नेत समूह विजयी

२३ मंसिर ७५, आइतबार
Share this
737shares

विराटनगर, मंसिर २३
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को मोरङ जिल्ला अध्यक्षमा अर्जुन बस्नेत विजयी भएका छन् । सिद्धार्थ आवसीय मावि सुन्दरहरैंचाका प्रिन्सिपल बस्नेतको प्यानल नै विजयी भएको हो ।

Advertisement

यसअघि बस्नेत २ कार्यकाल प्याब्सनको मोरङ उपाध्यक्ष भएका थिए । प्याब्सनको नयाँ कार्यसमितिको उपाध्यक्षमा शीतला सुब्बा, भक्तराज सुब्बा, सुवास राई र रीता थापा निर्वाचित भएका छन् ।

सचिवमा प्रेमलाल सिंह सुवाल, सहसचिवमा विष्णु डङ्गोल र सिएम रिजाल तथा कोषाध्यक्षमा जगतबहादुर बस्नेत र सह कोषाध्यक्षमा देवी सिटौला निर्वाचित भएका छन । १४ आंै जिल्ला अधिवेशनमार्फत प्याब्सनले नेतृत्व चयन गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top