करेण्ट लागेर पाँचथरमा १ जनाको मृत्यु

२३ मंसिर ७५, सोमबार

पाँचथर, मंसिर २४
पाँचथरको फिदिम नगरपालिका–१४ मा आइतवार करेण्ट लागेर १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

करेण्ट लागेर सोही स्थान बस्ने बर्ष ४४ को श्याम कुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

राईलाई राती साढे ११ बजेको समयमा शौच गर्नको लागि बिजुली बत्ती बाल्ने क्रममा एमसिबी छुँदा अचानक करेण्ट लागेको थियो ।

Advertisement

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top