×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङमा आपराधिक गतिविधिमा युवापुस्ताको संलग्नता बढ्दो(भिडियो रिपोर्टसहित)

२४ मंसिर २०७५

विराटनगर,मंसिर २४

प्रदेश नम्बर १ मा पछिल्लो समय आपराधिक गतिविधिमा १६ देखि २५ वर्ष उमेरसमूहका व्यक्तिको संलग्नता बढ्दै गएको देखिएको छ ।घर परिवारको वेवास्ताका कारण पनि युवापुस्ता आपराधिक क्रियाकलापमा बढी संलग्न भएको सक्ने प्रहरीको अनुसन्धान छ ।

Advertisement
Advertisement

पछिल्लो समय आपराधिक गतिविधिमा युवापुस्ताको संलग्नता अस्वाभाविक रुपमा बढ्दै गएको देखिएको छ । ज्यान मार्ने, बलात्कार गर्ने हातहतियार खरखजना, लागुऔषध कारोबारजस्ता क्रियाकलापमा युवाहरुको संलग्नता बढेको देखिएको हो । जसमा १६ देखि २५ वर्ष उमेरभित्रका व्यक्तिहरु बढी छन्।

प्रहरी कार्यालयमा गत २७ महिनाको अवधिमा दर्ता भएका झण्डै १५ हजार ६ सय मुद्दाहरुमध्ये ५ हजार ७ सय मुद्दाहरुमा १६ वर्षदेखि २५ वर्ष उमेर समुहका व्यक्तिको संलग्नता देखिएको छ ।जुन संख्या वर्षेनी बढ्दो क्रममा छ । यसरी युवापुस्ता अपराधजन्य घटनामा बढी संलग्न हुनुमा पारिवारिक वातावरण नै मुख्य कारण रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठ बताउँछन् ।

उनले अपराधजन्य घटना कम गर्न विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिएको पनि बताए । उनले भने –‘हाम्रै संलग्नतामा विद्यालय सम्पर्क कार्यक्रमहरु, लागुऔषध सम्बन्धी, चोरी नियन्त्रण सम्बन्धी, चाडवाडको पटका जन्य पदार्थहरुको नियन्त्रण सम्बन्धि लगायत विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु हामीले सञ्चालन गरिरहेका छौँ ।’

त्यसका साथै इन्टरनेटको बढ्दो प्रयोगका कारण पनि अपराधलाई प्रश्रय दिएको प्रहरीकै विश्लेषण छ । किशोर अवस्थामा शारीरिक मानसिक विकासमा एक्कासी परिवर्तन आउने भएकोले यस समयमा परिवारले सही बाटो दिन सके आपराधिक गतिविधिमा युवाहरुको संलग्नता घट्ने कोशी अचंल अस्पतालका मानसिक रोग विषेशज्ञ डा. रोशन पोखरेलको भनाइ छ ।

उनले यसको नियन्त्रणमा स्कुलका शिक्षक शिक्षिकाको भुमिका महत्वपुर्ण हुने बताए । आपराधिक गतिविधिमा संलग्न हुन बाट रोक्न अभिभावकले बच्चाको पढाईलाई मात्र नभइ अन्य कुराको निगरानी राख्नुपर्ने उनको भनाई छ । उनले भने–‘विद्यालयका शिक्षकहरुले बच्चाको एकेडेमिक पर्फमेन्स चिन्न सक्नुपर्यो र त्यसको जानकारी तुरुन्तै परिवारलाई गराउनुपर्यो र त्यो हुने बित्तिकै परिवार सचेत हुनुपर्यो ।’

Advertisement

त्यसो त अपराधिक घटनामा कमी ल्याउन प्रहरीले पनि सामुदायसँग साझेदारी कार्यक्रम ल्याएको छ । सरकारले पनि अपराधबाट युवालाई मुक्त गर्न विभिन्न कार्यक्रमहरु गरिरहेको छ । तर त्यस्ता कार्यक्रम औपचारिकतामा मात्रै सीमित हुँदा व्यावहारिक तहमा खासै फरक पार्न भने सकेका छैनन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top