जनकपुरमा मंसिर २५ र २६ गते विदा

२४ मंसिर ७५, मंगलबार

विराटनगर,मंसिर २४
राम–सीता विवाहपञ्चमी महोत्सवमा जनकपुरमा स्थानीय सरकारले दुई दिन बिदा दिने निर्णय गरेको छ।जनकपुरधाम उप–महानगरपालिकाले विवाह पञ्चमीलाई भव्यतापूर्वक मनाउन भन्दै दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको हो ।

Advertisement

जसअनुसार मंसिर २५ र २६ गते जनकपुरधाम नगर भित्रको सम्पूर्ण सामुदायिक विद्यालयको पठन पाठन बन्द हुनेछ । विवाहपञ्चमी महोत्सवमा लाखौँ श्रद्धालु भक्तजनको सहभागिता हुने अनुमान गर्दै उपमहानगरपालिकाले श्रद्धालुभक्तजनको लागि बासस्थलको रुपमा विद्यालय उपलब्ध गराइदिन पनि आग्रह गरेको छ ।

साथै विद्यालयलाई आवश्यकता अनुसार आगन्तुक श्रद्धालु भक्तजनलाई बास उपलब्ध गराई विद्यालयको भवन प्रयोग गर्न दिन आग्रह समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top