नेपाल विजनेश कलेज, विराटनगरको आयोजनामा यो हप्ता (डेसेम्बर २६–२९) खेलकुद सप्ताह हुने भएको छ ।
वि.वि.ए. सातौ सेमिनेष्टरका विद्यार्थीहरूले सैद्धान्तिक संगै व्यवहारिक ज्ञान र शारिरीक व्ययाम पनि मानिसको जीवनमा उतिकै महत्व रहने कुरा मध्ये नजर गर्दै उक्त कार्यक्रम संयोजन गरेका हुन् ।
संयोजकका अनुसार उक्त खेल सप्ताहमा फुटसल, ब्याडमिन्टन, टेबलटेनिस र १०० मिटर दौड प्रतिस्पधा हुँदैछ ।
उक्त कार्यक्रमको उद्घाटन संयुक्त रूपमा नेपाल विजनेश कलेजका संस्थापक अध्यक्ष डा.भेष प्रसाद धमला र फिफा रेफरी श्री किरण गिरीले गर्नु भएको थियो । विशेष अतिथीका रूपमा निम्ताएका नेपाली फुटबल जगतका चम्किला तारा भोला सिलवालले आफ्ना सफलता र असफलताका कथाका साथै स्वास्थ्य शरीरका लागि खेलकुदको महत्वबारे प्रकाश पार्नु भएको थियो ।