विराटनगरलाई हराउँदै भैरहवा दुई खेल अघि नै प्लेअफमा

२६ मंसिर २०७५, बुधबार
Share this
681shares

विराटनगर, मंसिर २६
एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बुधबारको खेलमा साविकको उपविजेता भैरहवा ग्लाडीयटर्सले जित हात पारेको छ । साविकको विजेता विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले तेस्रो जित हात पारेको हो । यसअघि पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो ।

Advertisement

जितसँगै यो टोली क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । भैरहवा दुई खेल अगावै प्ले अफ्मा पुगेको हो । विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको भैरहवाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । भैरहवाका लागि रायन टेन डोसकाटेले २० रन, कप्तान शरद भेषावकरले १६ रन, रवि इन्दर सिंहले १२ रन जोडे । प्रदीप ऐरी १० रनमा आउट हुँदा रोहित पौडेल ७ रनमा अविजित रहे ।

विराटनगरका भान डेर मिर्वीले २ विकेट लिए 

Advertisement

विराटनगरलाई हराएको भैरहवा ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अब भैरहवाले ललितपुर र काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।यसअघि सुरुवाती ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा अलआउट हुँदै ९१ रन बनाएको थियो । विराटनगरका लागि भान डेर मेर्वीले २५ रन, करण केसीले १८, सुमित महर्जनले १५ रन जोडे भने हरि बहादुर चौहानले अविजित १३ रन बनाए । भैरहवाका मोहमद नाभिदले ४ ओभर बलिङ गर्दै १४ रनमा ४ विकेट लिए भने कृष्ण कार्की र अविनाश बोहोराले समान २–२ विकेट लिए ।

दुई खेलमा ४ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ । विराटनगरको पनि प्ले अफ पुग्ने सम्भावना कायम रहेको छ । विराटनगरले पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा पोखरालाई सुपर ओभरमा हराएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top