विराटनगर, मंसिर २६
विराटनगर महानगरले नगरका विभिन्न स्थानमा बनेका कालोपत्रे सडकको अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको छ । एसियाली विकास बैंकको सहयोगमा चलिरहेको मझौला शहरको एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गत बनेका सडक, ढल र नालाको विराटनगर महानगरका मेयर भीम पराजुलीले अनुगमन गरे ।
अगुगमनमा निस्कीएका मेयर पराजुलीले समय सिमा भित्रै परियोजना अन्तर्गतका सडकहरु सम्पन्न गर्न निर्देशन समेत दिए । विराटनगर स्थित रोडशेष हुदै ट्राफिकचोक सम्म बन्दै गरेको झण्डै १ किलोमिटर र धरमबाध रोडमा बनेका ३ किलोमिटर कालोपत्रे सडकहरुको अनुगमन गरेका थिए ।
अनुगमन गर्दे मेयर पराजुलीले स्तरिय सडक बनाउन आफुले सडकको स्तर र नाप अनुरुप काम भए नभएको अनुगमन गरिरहेको जानकारी दिए । परियोजना व्यवस्थापक भरत न्यौपानेले समयसिमा भित्रै परियोजना अन्तरगत परेका सवै सडकहरु कालोपत्रे बनाउने कार्य सकिने बताए । उनले ढल ,नाला र सडक निर्माणकार्य द्रुत गतिमा अगाडी बढिरहेको दावी गरे ।