भरुवा बन्दुक बनाउने सामान सहित १ पक्राउ

२६ मंसिर ७५, बुधबार

पाँचथर, मंसिर २६
पाँचथरको याङवरक गाउँपालिका–३ ओयामबाट प्रहरीले बुधवार भरुवा बन्दुक बनाउने सामान सहित १ जनालाई पक्राउ गरेको छ ।

Advertisement

बिशेष सुराकीको आधारमा प्रहरी चौकी फलैचाबाट खटिएको प्रहरी टोलीले ५ नाल भरुवा बन्दुकको पाटपुर्जा सहित पाँचथर हिलिहाङ गाउँपालिका–५ सुभाङ बस्ने वर्ष ४८ को बुद्धिमान बि.क. लाई पक्राउ गरेको हो ।

दिउँसो १२ बजे बि.क. ले याङवरक–३ बस्ने वर्ष ६० को शान्ता बहादुर बि.क. को घरमा फलाम पिट्ने आरनमा बन्दुक बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

Advertisement

पक्राउ परेका बि.क. लाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top