भारतको दिल्लीमा कानुङ् लाङ्घाली मगर समाजको स्थापना

२७ मंसिर ७५, बिहीबार
Share this
703shares

नयाँ दिल्ली,मंसिर २७
भारतको नयाँ दिल्लीमा नेपालमा अवस्थित मगरहरूको प्रतिनिधित्व गर्दै कानुङ् लांघाली मगर समाज दिल्लीको विधिवत रूपमा स्थापना भएको छ । नयाँ दिल्लीमा एक परिचयात्मक कार्यक्रमका बीच बुधबार कानुङ् लांघाली मगर समाजको विधिवत स्थापना भएको हो ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि तथा भारत स्थित नेपाली राजदूतावासका प्रतिनिधि होम प्रसाद लुइँटेलले उक्त समाजलाई शुभकामना प्रदान गर्दै दूतावासको सहयोग रहने बताएका थिए ।

त्यस्तै नेपाल मगर सङ्घ काठमाडौँ जिल्ला अध्यक्ष डव बहादुर गर्बुजाले मगर जातिको परिचय योगदान र राज्यमा उनीहरूको स्थान बारे परिचर्चा गरेका थिए । कार्यक्रमका सभापति फर्स थापाले मगर जातिको कला ,सांस्कृतिक र पहिचानको जगेर्ना गर्नको निम्ति उक्त संस्थाको स्थापना भएको बताएका थिए ।

Advertisement

कार्यक्रममा अन्य सङ्घ संस्थाका प्रतिनिधिले उक्त समाजको उत्तर उत्तर प्रगतिको कामना गर्दै आगामी दीनम अझै सशक्त र सङ्गठित बनोस् भन्ने शुभकामना दिए ।कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासङ्घ भारत शाखाका सदस्य बाबु रोका मगरले गरेका थिए ।

कार्य समिति यस्तो छ :

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top