गोदामचौर बलात्कारमा पनि प्रहरीद्वारा प्रमाण नष्ट, डिएनए म्याच भएन

२६ मंसिर ७५, बिहीबार

काठमाडौँ : एक वर्षअघि ललितपुरको गोदाजरी –१ गोदामचौरमा भएको सामुहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् ।

Advertisement

अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रहरीले बुधवार गोदावरीमै पक्राउ गरेको हो ।

निर्मला पन्तको हत्या प्रकरणमा जस्तै यो घटनाको अनुसन्धानमा पनि प्रहरीले लापरबाही गरेको छ । बलात्कारपछि एक सातासम्म पीडित युवती अस्पतालको आइसियुमा बेहोस थिइन् । त्यसवेलामा प्रहरीले चासो नदिँदा महत्वपूर्ण प्रमाण नष्ट भइसकेका थिए ।

Advertisement

प्रहरी अनुसन्धान चलिरहेका वेला अदालतले आरोपीहरुलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । पछि डिएनएको रिपोर्ट अस्पष्ट आएको प्रहरी अधिकारीहरु बताउँछन् ।,यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top