तुइन तान्दै बांगिए औँला : पोहोर नै विस्थापित हुनुपर्ने तुइन अझै उस्तै

२६ मंसिर ७५, बिहीबार

धादिङ : धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् । तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका छन् । बाबुछोरा तुइनछेउमै रहेको पाटीमा बस्छन् ।

Advertisement

तुइनको घिर्नीले च्यापेर सुकबहादुरका हातका दशवटै औँला बांगिएका छन् । तैपनि, रोजगारीको सवाल भएकाले उनी पुल नबनोस् र तुइनमा काम गर्न पाइयोस् भन्नेमा छन् । पुल बने रोजगारी खोसिने उनको चिन्ता छ ।

हातले तुइन सार्दा बारम्बार फलामको टुक्राले काट्ने गरेको उनी बताउँछन् । ‘तुइनबाट खोला तर्दा फलामका टुक्राले धेरैपटक हात काटेको छ, जाडोमा त धेरै दुख्छ,’ उनले भने । ,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top