प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सिफारिस

२७ मंसिर ७५, बिहीबार
Share this
686shares

काठमाडौँ, मंसिर २७
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणालाई सिफारिस गरेको छ । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

Advertisement

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि राणा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । यसअघि प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिका कारण तीनपटकसम्म बैठक बस्न सकेको थिएन । बिहिबार भने देउवा समेत उपस्थित भएपछि बसेको बैठकले राणालाई सिफारिस गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top